१५ असार २०८३, सोमबार

 

गलकोटमा नेकपा नगर समितिको बैठक : सदस्यता वितरण र अधिवेशनबारे छलफल

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गलकोट नगर समितिको बैठक गलकोट हटियामा सम्पन्न भएको छ।

बैठकमा नेकपाका महाधिवेशन प्रतिनिधि तथा बागलुङ जिल्ला सहइन्चार्ज ज्ञामनाथ गैरे ‘अनिल’ र जिल्ला संयोजक प्रकाश घर्तीले समसामयिक राजनीतिक विषय तथा संगठन सुदृढीकरणका बारेमा मन्तव्य व्यक्त गरेका थिए।

बैठकमा गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा, पार्टीको वडा तथा पालिका तहमा सदस्यता वितरण र नवीकरण अभियान, आगामी वडा अधिवेशन तथा पालिका अधिवेशनको तयारीका विषयमा विस्तृत छलफल गरिएको जनाइएको छ।

कार्यक्रम नेकपा गलकोट नगर समितिका इन्चार्ज हर्क थापाको अध्यक्षता तथा नगर समिति संयोजक गंगा भुजेलको सञ्चालनमा सम्पन्न भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung