१६ असार २०८३, मंगलवार

 

धौलागिरी अटोमोबाईल्स व्यवसायी संघले दही–चिउरा खाएर धान दिवस मनायो

बागलुङ । धौलागिरी अटोमोबाईल्स व्यवसायी संघले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व असार १५ को अवसरमा सोमबार दही–चिउरा खाएर दिवस मनाएको छ।

संघको छैटौँ साधारणसभाबाट निर्वाचित अध्यक्ष चित्रबहादुर केसीले कार्यक्रममा उपस्थित सबैलाई राष्ट्रिय धान दिवसको शुभकामना व्यक्त गर्दै कृषि, किसान र श्रमप्रतिको सम्मानले समाजलाई समृद्ध बनाउन योगदान पुग्ने बताउनुभयो।

कार्यक्रम संघका अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको थियो। वरिष्ठ उपाध्यक्ष राजु शर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन महासचिव नविन कार्कीले गर्नुभएको थियो।

कार्यक्रममा संघका पूर्वअध्यक्ष शिवशंकर शाहले पनि असार १५ तथा राष्ट्रिय धान दिवसको शुभकामना व्यक्त गर्दै कृषि उत्पादन, किसानको सम्मान र श्रमको कदर गर्ने संस्कृतिलाई सबैले आत्मसात् गर्नुपर्ने धारणा राख्नुभयो।

विसं २०७६ मा स्थापना भएको धौलागिरी अटोमोबाईल्स व्यवसायी संघमा हाल ७६ जना व्यवसायी आबद्ध रहेका छन्। संघमा आबद्ध व्यवसायमार्फत करिब ४ सय ५० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung