२१ असार २०८३, आईतवार

 

ठमेल पर्यटन विकास परिषद्को कोषाध्यक्षमा किन्चु ल्हामु भुटिया श्रेष्ठको उम्मेदवारी

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को आगामी नेतृत्व चयनका लागि हुने निर्वाचनमा परिषद्को कोषाध्यक्ष पदमा व्यवसायी किन्चु ल्हामु भुटिया श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ।

रेड क्यास्मेर र टेस्ट अफ सिक्किमकी सञ्चालक श्रेष्ठले असार २७ गते हुने निर्वाचनमा राजु मान डंगोल नेतृत्वको समावेशी समूहबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो।

श्रेष्ठले ठमेललाई दिगो तथा आकर्षक पर्यटन गन्तव्यका रूपमा थप विकास गर्न, पर्यटन व्यवसायीबीच सहकार्य र समन्वयलाई मजबुत बनाउन तथा ठमेल पर्यटन विकास परिषद्को संस्थागत सुदृढीकरणमा योगदान पुर्‍याउने उद्देश्यले उम्मेदवारी दिएको बताउनुभयो।

उहाँले नेपाल पश्मिना उद्योगको व्यवस्थापनमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ। बुबा पुष्पमान श्रेष्ठ, श्रीमान् अनुप श्रेष्ठसँग मिलेर नेपाल पश्मिना उद्योग सञ्चालन गरिरहनुभएकी भुटिया पर्यटन तथा व्यवसायिक क्षेत्रमा सक्रिय रहँदै सामाजिक सेवामा पनि संलग्न हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung