१३ श्रावण २०८३, बुधबार

 

१८ गतेसम्म सिटिजन लाइफका यी सेवाहरु अवरुद्ध हुने

बागलुङ। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका सेवाहरू श्रावण १८ गतेसम्म अवरुद्ध हुने भएको छ । कम्पनीले लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट सीस्टम आईसोलुसन लाई थप परिमार्जन गरिरहेकाले सेवाहरु अवरुद्ध हुने जनाएको छ ।उक्त सिस्टम कम्पनीले आईसोलुसन भर्जन नेक्ट मा प्रतिस्थापन गर्न लागेको जनाएको छ । जसले गर्दा श्रावण १४ गते बेलुकी ८ बजेदेखि १८ गते बिहान ८ बजेसम्म सेवा अवरुद्ध हुनेछ ।

अवरुद्ध हुने सेवाहरुस् केन्द्रीय कार्यालय सहित सम्पूर्ण शाखा र उपशाखा कार्यालयहरूबाट भौतिक रुपमा प्रवाह हुने बीमालेखसंग सम्बन्धित सेवाहरु, डिजिटल माध्यमबाट बीमा शुल्क भुक्तानी, मोबाइल एप तथा ग्राहक एवम् अभिकर्ता पोर्टल।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung