३१ श्रावण २०८३, आईतवार

 

विद्यामन्दिरमा कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ लाई स्वागत

बागलुङ । विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेका छन्।

बागलुङ नगरपालिकाका शिक्षा अधिकारी धनप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बागलुङ नगरपालिका–३ का वडा अध्यक्ष सनी केसी लक्ष्मण, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठ, प्रधानाध्यापक छविरमण रेग्मी तथा सहायक प्रधानाध्यापक एवं शिक्षा समूह इन्चार्ज मुकुन्दप्रसाद शर्माले मन्तव्य व्यक्त गरेका थिए।

वक्ताहरूले विद्यार्थीलाई अध्ययनसँगै अनुशासन, लगनशीलता र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरेका थिए।

कार्यक्रम विद्यामन्दिर माध्यमिक विद्यालय कक्षा १२ व्यवस्थापन समूह ‘ए’ की विद्यार्थी इशानी पुनको अध्यक्षतामा सम्पन्न भएको थियो। शिक्षा समूह ‘ए’ का विद्यार्थी कृष्ण विक र विज्ञान समूहकी मलिना पाण्डेले कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रममा कलाकार शान्तारानी परियारले सांगीतिक प्रस्तुति दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung