बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङको नवनिर्मित भवनको बुधबार उद्घाटन गरिएको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बागलुङ नगरपालिका–२ स्थित जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा प्रहरी महानिरीक्षक कार्की दानबहादुर कार्की, गण्डकी प्रदेशका प्रहरी नायव महानिरीक्षक (डीआईजी) दीपेन्द्र जिसी, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, बागलुङ नगरपालिकाका मेयर बसन्तकुमार श्रेष्ठलगायतले सम्बोधन गर्नुभएको थियो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपी) फणिन्द्र प्रसाईले स्वागत गर्नुभएको थियो।
तस्बिर: खोजीनितीबाट
















































































































































































