बागलुङ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बाढीबाट प्रभावितका लागि आर्थिक सहयोग गरेको छ ।
कम्पनीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाको लागि १ करोड १ लाख रुपैया सहयोग गरेको हो ।
कम्पनीका संचालक राजन कृष्ण श्रेष्ठ, राहुल अग्रवाल, प्रभु कृष्ण श्रेष्ठ, हसना शर्मा कम्पनीका सिइओ बिरेन्द्र बहादुर बैदवार, कम्पनी सचिव सुदर्शन आचार्यले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त १ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
जेन्जी आन्दोलनको क्षेत्रीमा राष्ट्रिय सम्पदाको पुननिर्माणका लागी कम्पनीले १ करोड १ लाख र २०८१ को बाढीबाट प्रभावित नागरिकका लागि कम्पनीले ५१ लाख सहयोग गरेको थियो ।
कम्पनी सचिव सुदर्शन आचार्यले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत राहत, उद्धार तथा पुनःस्थापनाका कार्यहरुलाई सहयोग जारी राख्ने बताए ।
















































































































































































