२२ भाद्र २०८३, सोमबार

 

म्याग्दीमा ७२ वर्षीया वृद्धाको धारिलो हतियार प्रहार गरी हत्या, नाती पक्राउ

बागलुङ । बेनी नगरपालिका–२, खबरा दारिमपाँटा निवासी ७२ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनका नाती पक्राउ परेका छन्।

प्रहरीका अनुसार भदौ २२ गते बिहान करिब ११ः३० बजे मनकुमारीलाई उनकी छोरीका छोरा अन्नपूर्ण गाउँपालिका–६, घार निवासी २६ वर्षीय आशिष बरुवालले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ

घटनापछि बरुवाल फरार भएका थिए। घटनाको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा १५ जनाको प्रहरी टोली परिचालन गरिएको थियो।

खोजतलासका क्रममा प्रहरीले बरुवाललाई बेनी नगरपालिका(२ स्थित हाडेभिरमा भाग्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। साथै घटनासँग सम्बन्धित प्रमाण संकलनको कार्यसमेत भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung