२६ भाद्र २०८३, शुक्रबार

 

बागलुङमा संविधान संशोधनसम्बन्धी अन्तरसम्वाद

बागलुङ । मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजनामा बिहीबार बागलुङमा संविधान संशोधनसम्बन्धी अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ।

नेपाल बार एसोसिएसन उच्च अदालत बार इकाइ बागलुङ र जिल्ला प्रशासन कार्यालय बागलुङको समन्वयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता वरिष्ठ अधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले संविधान संशोधनका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यपत्रमाथि वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले टिप्पणी गरेका थिए।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङका उपसभापति खिमानन्द पौडेल, नेपाली कांग्रेस बागलुङ जिल्ला कार्यसमितिका सदस्य गोविन्दप्रसाद कँडेल, नेकपा एमाले बागलुङका सचिव गणेश थापा, नेकपा बागलुङका कार्यालय सचिव टीका विश्वकर्मा र राष्ट्रिय जनमोर्चा बागलुङका सचिव भीमलाल पोखरेल, काठेखोला गाउँपालिकाको न्यायिक सहजकर्ता महेन्द्र प्रसाद कँडेललगायतले संविधान संशोधनका विषयमा आ–आफ्ना सुझाव तथा धारणा राखेका थिए।

कार्यक्रमको सहजीकरण नेपाल बार एसोसिएसन उच्च अदालत बार इकाइ बागलुङका अध्यक्ष अधिवक्ता गीता श्रीषले गरेकी थिइन्।

समाजसेवी डा. कृष्णबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेशका उपन्यायाधिवक्ता गोपालप्रसाद ढकालले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रमको सञ्चालन सहायक न्यायाधिवक्ता सुजाता पौडेलले गरेकी थिइन्।

तस्बिर खोजीनितीबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung