बागलुङ । एलपी ग्यास विक्रेता संघ बागलुङको आठौँ साधारण सभा तथा चौथो अधिवेशनले राजु गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
शनिबार बागलुङस्थित होटल रेड एप्पलको सभाकक्षमा सम्पन्न अधिवेशनले गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नवगठित समितिको उपाध्यक्षमा नरिश्वर शर्मा, महासचिवमा गणेशराज लम्साल, कोषाध्यक्षमा राजकपुर श्रेष्ठ र सचिवमा सुरेन्द्र खड्का चयन हुनुभएको छ। त्यस्तै, सदस्यमा विजय श्रेष्ठ, कृष्ण क्षेत्री र पन्निलाल शाह चयन हुनुभएको एलपी ग्यास विक्रेता संघ बागलुङका निवर्तमान अध्यक्ष हरि आचार्यले जानकारी दिनुभयो।
अधिवेशनमा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, उपमेयर राजु खड्का, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नारायण कार्की, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ र संघका संस्थापक अध्यक्ष महेन्द्र आचार्यले मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रम संघका अध्यक्ष हरि आचार्यको अध्यक्षता, महासचिव गणेशराज लम्सालको स्वागत मन्तव्य र सचिव राजु गौतमको सञ्चालनमा सम्पन्न भएको थियो।

















































































































































































