बागलुङ । बागलुङमा अश्लील तथा अभद्र व्यवहार देखाउदै ठगी गर्दै हिड्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
बागलुङ नगरपालिका–३ स्थित लेखानी मेडिकल हलमा औषधि किन्ने बहाना बनाई अश्लील तथा अभद्र व्यवहार देखाएर ठगी गरेकाले पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, रायबरेली ग्राम यहियापुरका २९ वर्षीय राजिव र मिर्जापुर रामपुरका २५ वर्षीय सोनु रहेका छन् ।
उनीहरूले मेडिकल हलमा विभिन्न किसिमका अश्लील तथा अभद्र व्यवहार प्रस्तुत गर्दै ठगी गरेको सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक याम नारायण अर्यालले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय बागलुङले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
















































































































































































