१७ आश्विन २०८३, शनिबार

 

नेपालमा पहिलोपटक एप्पल पे र गुगल पेबाट भुक्तानी गर्न सकिने, एनआईसी एसिया बैंकले सेवा सुरु गर्दै

बागलुङ। नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई अन्तर्राष्ट्रिय प्लेटफर्मसँग जोड्ने उद्देश्यसहित एनआईसी एसिया बैंकले नेपालमा पहिलोपटक एप्पल पे र गुगल पेमार्फत भुक्तानी सेवा सुरु गर्ने भएको छ।

बैंकले आफ्नो ई(कमर्स पेमेन्ट गेटवे मर्चेन्टमार्फत ग्राहकले भिसा तथा मास्टरकार्ड प्रयोग गरी एप्पल पे र गुगल पेबाट सहज रूपमा भुक्तानी प्राप्त गर्न सक्ने सेवा शुभारम्भ गर्न लागेको हो।

यस सम्बन्धमा विस्तृत जानकारी दिन बैंकले पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ। एप्पल पे र गुगल पे विश्व बजारमा प्रचलित डिजिटल वालेट तथा कन्ट्याक्टलेस भुक्तानी प्लेटफर्म हुन्।

यी सेवामार्फत प्रयोगकर्ताले भौतिक कार्ड प्रयोग नगरी स्मार्टफोन वा अन्य उपयुक्त उपकरणबाट भुक्तानी गर्न सक्छन्।

नेपालमा यी अन्तर्राष्ट्रिय भुक्तानी प्लेटफर्मलाई बैंकको ई(कमर्स पेमेन्ट गेटवेसँग जोड्ने पहलले डिजिटल भुक्तानीको विकल्प विस्तार गर्ने अपेक्षा गरिएको छ।

विशेषगरी अन्तर्राष्ट्रिय कार्ड प्रयोगकर्ता तथा डिजिटल माध्यमबाट कारोबार गर्न चाहने ग्राहकका लागि यसले भुक्तानी प्रक्रियालाई थप सहज बनाउन सक्नेछ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung