बागलुङ । हिमालयन बुलियन कम्पनी लिमिटेड र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO) बीच ग्राहकको दुर्घटना बीमासम्बन्धी सम्झौता भएको छ।
हिमालयन बुलियन विगत २५ वर्षदेखि गरगहना तथा सम्बन्धित कारोबार गर्दै आएको कम्पनी हो।
कम्पनीले आफ्ना ग्राहकको सुरक्षा र लगानीलाई ध्यानमा राख्दै ग्राहकलाई तीन तहको ‘Membership Programme’ मा वर्गीकरण गरेको जनाएको छ।
जसअन्तर्गत सिल्भर, गोल्ड र डायमन्ड सदस्यता रहेका छन्। सम्झौताअनुसार हिमालयन बुलियनका सदस्य ग्राहकलाई निम्न सीमासम्मको दुर्घटना बीमा सुविधा उपलब्ध हुनेछ।
सिल्भर सदस्यता : १ लाख रुपैयाँसम्मको दुर्घटना बीमा
गोल्ड सदस्यता : ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा
डायमन्ड सदस्यता : १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा
कम्पनीका अनुसार सम्झौता आगामी बडादसैंको घटस्थापनाको दिनदेखि लागू हुनेछ। सो दिनदेखि हिमालयन बुलियनका सदस्य ग्राहकलाई तोकिएको योजनाअनुसार दुर्घटना बीमा सुविधा उपलब्ध गराइनेछ।
सम्झौतामार्फत ग्राहकको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा विस्तार गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ।
















































































































































































