बागलुङ । गत शुक्रबार सडक भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग आइतबार अपराह्नदेखि दुईतर्फी सञ्चालनमा आएको छ ।
धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा नदीले सडक कटान गरेपछि राजमार्ग अवरुद्ध भएको थियो । भासिएको सडकको माथिल्लो भाग कटान गरेर सडक सञ्चालनमा ल्याइएको हो ।
राजमार्ग अवरुद्ध हुँदा उक्त सडक हुँदै यात्रा गर्ने यात्रुहरू समस्यामा परेका थिए । सडक दुईतर्फी सञ्चालनमा आएसँगै सवारी आवागमन सहज भएको छ ।
















































































































































































