२८ आश्विन २०८३, बुधबार

 

बागलुङका काउचा र श्रीस कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट बागलुङका रेणुका काउचा मगर र भीम श्रीस मगर केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

आदिवासी जनजाति महिलातर्फ काउचाले दुई हजार ३९२ र खुलातर्फ श्रीसले दुई हजार ४६ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

काउचा पहिलोपटक केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हो भने श्रीस यसअघि विशेष महाधिवेशनबाट निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung