बागलुङ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तर दायित्व (सीएसआर) अन्तर्गत काठमाडौंको शंखरापुर नगरपालिका–५, पालुबारीस्थित श्री क्षितिज जनजागृत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ।
कम्पनीले विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याउने तथा शैक्षिक सामग्रीको उपलब्धता सहज बनाउने उद्देश्यले विद्यालयलाई कापी र पेन्सिल वितरण गरेको हो।
उक्त सहयोगले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सकारात्मक योगदान पुर्याउने विश्वास कम्पनीले लिएको छ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक नरेश कुमार थापा, साँखु उपशाखा प्रमुख रोजिना मानन्धरसहित कम्पनीका अभिकर्ता तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ।

















































































































































































