१९ बैशाख २०८१, बुधबार

 

रेशमा माछापुच्छ्रे बैँकको शाखा रहित बैँकिङ सेवा सुरु

माछापुच्छ्रे बैँक लिमिटेडले बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा शाखा रहित बैँकिङ सेवा शुभारम्भ गरेको छ । यो सहित बैँकको शाखा रहित बैकिङको संख्या ६० पुगेको छ । बैँकका हालसम्म ६० वटा शाखा रहित बैँकिङ सेवा सुचारु रहेको बताइएको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड उपलब्ध गराउँदै आएको छ । बैंकका देशभर ९३ वटा शाखाहरु र १ सय १३ वटा एटिएमहरु सञ्चालनमा रहेका छन् । नेपाल राष्ट्र बैँकको मान्यता प्राप्त ‘क’ वर्गको यस बैँकको निक्षेप पुँजी ८५ अर्व र ऋणमा ७५ अर्व पु¥याएको माछापुच्छ्रे बैँकको शाखा रहित सेवाका प्रमुख बिकास श्रेष्ठले बताउनुभयो ।

बैँकले १ लाख देखि ४ लाख रुपैँया सम्म बिना धितो ऋण दिन सक्ने र शाखा रहित सेवाबाट १० लाख सम्म लगानी गर्न सक्ने जानकारी दिनुभयो । ग्राहक सेवा केन्द्रको रुपमा संचालित शाखा रहित सेवा केन्द्रबाट खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने, रेमिट्यान्स भुक्तानी एवं कर्जा आवेदन दिने समेत व्यवस्था गरेको बैँकका ब्रान्च म्यानेजर बिनोद त्रिपाठीले बताउनुभयो ।

बैँकले यस बर्ष एक सय वटा शाखा रहित सेवा पु¥याउने उद्देश्य राखेर काम गरिरहेको छ । बिएलबि डिभाईसबाट औँठा छाप लगाएर मात्रै रकम झिक्न मिल्ने भएकाले पुर्ण रुपमा सुरक्षित हुने बताएको छ । पुर्व मेची देखि पश्चिम महाकाली सम्मका गाउँमा छरिएर रहेका निक्षेपलाई संकलन गरी कृषी, पर्यटन तथा औधोगिक क्षेत्रमा लगानी गर्न सफल भएको बैँकले जनाएको छ ।

कार्यक्रममा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बैँक प्रयोग गर्नका लागि आफुलाई उत्पादन संग जोड्नुपर्ने बताउनुभयो । कृषी, पर्यटन, औधोगिक क्षेत्रमा लगानी गर्दै उत्पादनशिल क्षेत्रमा लागे मात्रै गाउँपालिका तथा बैँकले पनि साथ दिने बताउनुभयो । सोही अवसरमा बैँकका विश्वासराज दाहालले बिएलबि डिभाईसका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछाने, निलगिरी अस्पतालका सञ्चालक डिलबहादुर कार्की, रेश नुन्थला माध्यामिक विद्यालयका प्रध्यानाध्यापक ओमबहादुर थापा लगायतले बोल्नुभएको थियो । कार्यक्रम बैँकका बिष्णुप्रसाद गौतमको अध्यक्षता, बागलुङका ब्रान्च म्यानेजर बिनोद त्रिपाठीको स्वागत र डिलबहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्