२० बैशाख २०८१, बिहीबार

 

गरिमा विकास बैंकद्वारा प्रकाश माविलाई प्रोजेक्टर र ल्यापटप सहयोग

बेनी। गरिमा विकास बैंक लिमिटेडले बेनी नगरपालिका-७ स्थित प्रकाश माध्यमिक विद्यालयलाई सामाजिक उतरदायित्व अन्तर्गत १ थान प्रोजेक्टर र १ थान ल्यापटप सहयोग गरेको छ ।

शुक्रबार गरिमा विकास बैंकका सञ्चालक समितिका सदस्य दिपेन्द्र श्रेष्ठ र बैंकका चिफ म्यानेजर अनुमान श्रेष्ठले संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष हरिकृष्ण श्रेष्ठ र निमित्त प्रधानाध्यापक टेकप्रसाद सुवेदीलाई उक्त सामान हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा गरिमा विकास बैंकका सञ्चालक समितिका सदस्य दिपेन्द्र श्रेष्ठ, बैंकका चिफ म्यानेजर अनुमान श्रेष्ठ, गरिमा विकास बैंक बेनी शाखाका प्रबन्धक कमल प्रसाद ढुंगाना, क्रडिट ईन्चार्ज धन प्रसाद श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष हरिकृष्ण श्रेष्ठ र निमित्त प्रधानाध्यापक टेकप्रसाद सुवेदीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक विनय श्रेष्ठले गर्नु भएको थियो । गरिमा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक, सामाजिक, जनस्वास्थ्य र धार्मिक क्षेत्रहरुमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्