१८ बैशाख २०८१, मंगलवार

 

ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रीन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी

काठमाडौँ – ग्लोबल आइएमई बैंकले ग्रीन फाइनान्सिङ प्रवर्द्धन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

यस समझदारीपछि बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार यस समझदारीले वातावरणमैत्री क्षेत्रमा कर्जा प्रवाह र प्रवर्द्धन गर्न थप मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

 

प्रतिक्रिया दिनुहोस्