१५ बैशाख २०८१, शनिबार

 

अभियुक्त अस्पतालबाट फरार भएपछि…

वीरगञ्ज । पर्साको पोखरीया अस्पतालबाट एकजना अभियुक्त फरार भएका छन् । पोखरिया नगरपालिका(२ लम्हरिया टोलका विदया पासवान फरार भएका हुन् ।

सार्वजनिक मुद्धामा अनुसन्धानका लागि प्रहरीले चैत २६ गते उनलाई पक्राउ गरेको थियो । स्वास्थ्य परीक्षणका लागि पोखरीया अस्पताल लैजाँदा प्रहरीको आँखा छलेर उनी भागेका हुन् । अस्पतालबाट नै अभियुक्त फरार भएपछि प्रहरी तनावमा परेको थियो । पछि प्रहरीले राति नै पासवानलाई बहुअर्वाभाठाबाट पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्