२४ बैशाख २०८१, सोमबार

 

कुश्मीसेरामा आदिवासी जनजाति सशक्तिकरण कार्यक्रम सम्पन्न

बागलुङ। आदिवासी जनजाति सम्बन्धी तीनदिने सशक्तिकरण कार्यक्रम कुश्मीसेरामा सम्पन्न भएको छ ।

सशक्तिकरण कार्यक्रम समापन समारोहमा बोल्दै जैमिनी नगरपालिकाका प्रमुख नर बहादुर पुनले आदिवासी जनजातिहरु उत्पादनसँग जोडिनुपर्नेमा जोड दिए ।

उत्पादन र सीप आर्जनले व्यक्तिगत क्षमता वृद्धिमा सहयोग गर्ने हुँदा सिकेका कुरालाई व्यवहारमा उतार्न सके जीविकोपार्जन सहज हुने पुनको भनाई थियो ।

नगर उपप्रमुख हरिहर शर्माले आदिवासी जनजाति समुदाय अवसर र अधिकारका लागि सदैव सक्रिय हुन आग्रह गर्दै सशक्तिकरण कार्यक्रमले सहयोग गर्ने बताए ।

जैमिनीका प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर भुजेलले सबै समुदायको आ–आफ्नै पहिचान भएको हुँदा आफ्नो पहिचान संरक्षणको मुख्य दायित्व सोही समुदायको रहने बताए ।

हरेक क्षेत्रमा प्राप्त हुने अवसरमा सक्रिय भई सहभागिता र अर्थपूर्ण प्रतिनिधित्वका लागि पहुँचमा विस्तार गर्न भुजेलको सुझाव थियो ।

कार्यक्रममा जैमिनीका आदिवासी जनजाति समुदायअन्तर्गत मगर, छन्त्याल, गुरुङ, भुजेल, चेपाङ, नेवार र माझी गरी सात समुदायका ३३ जनाको सहभागिता थियो ।

कार्यक्रममा आदिवासी जनजातिबारे अधिवक्ता तेजेन्द्र बहादुर थापाले नेतृत्व विकास र वाक कलाबारे पत्रकार दिपेन्द्र श्रेष्ठले सहजीकरण गरेका थिए ।

कार्यक्रमका सहभागीले आदिवासी जनजातिका विभन्न सवाल, अवस्था र कानुनी प्रावधान, नेतृत्व विकास र वाक कलाबारे जानकारी पाउँदा सहज भएको बताएका थिए ।

कार्यक्रममा जैमिनी नगरपालिका ३ का वडाध्यक्ष कृष्ण बहादुर भुजेल, सहभागी लालमाया पुन थापा र चित्र बहादुर छन्त्यालले मन्तव्य राखेका थिए ।

May be an image of 3 people, dais and text that says '"समृद जैमिनी, खुसी र आत्मनिर्भर मैमिनीवासी" आतिवासी जनजाति सशक्तिकरण कारयक्रम ٢٩-۹ बैशाख, बैशाख,२१ ನెಂದ1ೇ कुशमीसेरा, बागलुड़ आयोजक: नैमिनी नगरपालिका मगर कार्यपालिकाको हा्यालय कुसमासेरा, बागनुड जैभिनी नगरप नगरुपालिका'

May be an image of 11 people, people studying and text

May be an image of 14 people, people studying and table

प्रतिक्रिया दिनुहोस्