१४ बैशाख २०८१, शुक्रबार

 

कालिका भगवतीमा श्रदालुको घुँइचो

बागलुङ । चैते दशैको आवसरमा कालिका भगवती मन्दिर बागलुङमा श्रदालु भक्तजनहरुको घुँइचो लागेको छ । गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक स्थल कालिका भगवती मन्दिरमा पुजापाठ गर्ने र मेला अवलोकन गर्नेको घँुइचो लागेको हो । कालिका भगवती मन्दिरमा पुजाअर्चना गरेमा मनोकाँक्षा पुरा हुने बिश्वासका साथ भक्तजनहरुले बिभिन्न पशुपंक्षीहरुको बलि दिने चलन पनि रहेको छ । मन्दिरमा हजारौंको संख्यामा श्रदालु भक्तजनहरुको भीड लागे पछि भक्तजनहरुलाई कडा सुरक्षाका वीच लाइनमा राखेर पुजा आजा गर्ने व्यवस्था गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए।

मन्दिरमा नेपालका विभिन्न स्थान लगायत भारतबाट दर्शनार्थीहरु आएका छन् । चैतै दशैको आज मुख्य दिन भएका कारण हजारौंको संख्यामा श्रदालु भक्तजनहरु मन्दिर ददर्शनका लागि आएका हुन् । गण्डकी प्रदेश सरकारले घोषणा गरेकोे ‘आन्तरिक पर्यटन वर्ष २०१९’ सफल पार्नका लागि बागलुङको कालिका भगवती गुठी व्यवस्थापन समितिले आयोजना गरेको चैते दशै मेलाले ठूलो सहयोग पु¥याउने पर्यटन व्यवसायीहरु बताउछन् । पर्यटन मन्त्रालयको सय पर्यटकीय गन्तव्य मध्यको स्थापित गन्तव्यमा पर्ने बागलुङ कालिका सूचिकृत भएपछि मन्दिर आउने धार्मिक पर्यटकको संख्यामा समेत क्रमश वृद्धि भएको खड्काले बताए ।

‘परम्पराकाल देखि जिल्लाकै पहिचानको रुपमा रहेको ऐतिहासिक चैते दशै मेला यो वर्षदेखि फरक ढंगले मनाउन थालेका छौं’ खड्काले भने, ‘गण्डकी प्रदेशको उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्रालय संग समन्वय गरेका कारण झक्तजनहरुको संख्यामासमेत वृद्धि भएको छ ।’ चैत्र २३ गते देखि २०७६ वैशाख २ गते सम्म आयोजना गरिने चैते दशै मेलाका अवसरमा पहिलोपटक मगर समुदायमा प्रचलित तारो हान्ने खेल, भजन प्रतियोगिता, नौमती बाजा प्रतियोगिता तथा बागलुङका दश स्थानीय तहमा पहिचानका रुपमा रहेको सांस्कृतिक झाँकी प्रदर्शन गर्दा मेला थप आर्कषक भएको गुठी व्यवस्थापन समितिले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्