ताजा समाचार

राजनीति

निर्वाचन आयोगमा थपलियाको नियुक्तीसँगै आयुक्त दाहालकाे राजीनामाकाे संभावना

काठमाडौँ । संवैधानिक परिषद्को सोमबार बसेको बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेशकुमार थपलियालाई सिफारिस गरेको छ । उनी नियुक्त हुनसाथ आयोगका तीन सदस्य मध्येका सिनियर नरेन्द्र दाहालले राजीनामा दिन सक्ने संभावना छ । परिषद्को बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । उनलाई सिफरिश गरेपछि संभावित प्रमुख आयुक्तका रुपमा चर्चामा आएका दाहालले संक्षिप्त प्रतिक्रिया दिदै ‘आफुले पनि सिफरिश अरु भएको जानकारी पाएको छु ।’ भने । उनले थपलियाको सिफरिश प्रति… पुरा पढौ

कांग्रेस नेतृ संग्रौलाको आरोप पन्तका हत्यारा सिंहदरबारबाटै संरक्षित

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले निर्मला पन्तका हत्यारालाई वर्तमान सरकारले बालुवाटार र सिंहदरबारभित्रैबाट संरक्षण गरिरहेकाे सार्वजनिक रुपमा आरोप  लगाएकी छन्। पन्तका हत्यारालाई प्रधानमन्त्री र गृहमन्त्रीले लुकाएको आरोप लगाउँदै संग्रौलाले बालुवाटार भित्रैबाट संरक्षण गरिएकाले प्रहरीले पक्राउ गर्न नसकेको जिकिर नै गरिन् । मंगलबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संग्रौलाले यस्तो आरोप लगाएकी हुन् । सरकार सुरक्षा, सुशासन, शान्ति र समृद्धिको मुद्दामा सरकार पूर्णरूपमा असफल भएको उनको ठम्याइ छ । एउटी बालिकाको बलात्कार र विभत्स हत्या भएको ८ महिना… पुरा पढौ

सरकारले पहिलो पटक गर्न लागेको लगानी सम्मेलनको तयारी अन्तिम चरणमा

काठमाडौँ । समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प सहित अगाडि सारेको महत्वकांक्षी योजना सहित गर्न लागेको आर्थिक लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । वर्तमान सरकारले पहिलो पटक गर्न लागेको सम्मेलनमा नै केही आयोजनासँग समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ । करिब ३ दर्जन मुलुकका लगानीकर्तालाई आमन्त्रण गरेर आयोजना गरिएको सम्मेलन आफैमा बिकासप्रमी भएपनि महत्वकांक्षी बन्न पुगेको छ । किनकी यसअघि शुसिल कोइराला सरकारका बखत गरिएको लगानी सम्मेलनमा प्रतिवद्ध लगानी नआएको अवस्थामा आयोजना सहितको प्रस्ताव गरिएको यो सम्मेलनले कति लगानी… पुरा पढौ

विप्लवसमूहका अर्का प्रभावशाली नेता पक्राउ

काठमाडौं । कालिकोट प्रहरीले नेत्र विक्रम चन्द विप्लव माओवादी बुद्धिजीवी परिषद भेरी–कर्णाली इञ्चार्ज धनराज शाहीलाई पक्राउ गरेको छ। कालिकोट जुबिया–८ लिबुवाका उनलाई मोल्पा राताडाबाडबाट सोमबार पक्राउ गरेको हो। प्रहरीको गस्ती टोलीलाई आक्रमण गर्ने, विभिन्न ठाउँमा बम बिस्फोट गराउने योजना बनाइरहेका बखत उनलाई पक्राउ गरिएको कालिकोट प्रहरी प्रमुख विनोद शर्माले बताए। शाही कालिकोटमा विप्लव माओवादीले गठन गरेको जनसरकार प्रमुख पनि हुन्।शाहीबाट बम बिस्फोटमा प्रयोग हुने जिलेटिन ३२ थान, इलेक्ट्रिक डडकर्ड १ थान, आइइडी माइत १ थान, बारुद एक किलो, डेडकर्ड तीन मिटरसहित… पुरा पढौ

गृहमन्त्री थापाकाे फेसबुक पेजमा विप्लवको सर्मथनमा धेरै प्रतिक्रिया

काठमाडाैं । नेकपा विप्लव समुहको हिंसालाई नियन्त्रण गर्न गृह मन्त्रालयको आइतबार जारी गरेको प्रेस विज्ञप्तीप्रति गृहमन्त्री राम बहादुर थापाको आधिकारिक फेसबुक पेजमा तुलनात्मक रुपमा सरकारको गतिविधीको विपक्षमा प्रतिक्रिया आएका छन् । सरकारले विप्लव नेतृत्वका गतिबिधी नियन्त्रण गर्न उक्गत समुहलाइ गत फागुन २८ गते प्रतिवन्ध लगाएको थियो भने आइतबार सहयोग गर्ने सर्वसाधरणलाई  समेत कानुन अनुसार कारवाही हुने विज्ञप्ती गृहमन्त्रालयले जारी गरेको थियो । सरकारको उक्त कदमको विपक्षमा सर्वसाधरणको मत प्रकट भएको छ । प्रतिक्रियामा भनिएको छ, ‘हजारौं पटक सोचेर मात्र विप्लव… पुरा पढौ

म्याग्दीका युवा विस्फोटक पदार्थसहित भारतमा पक्राउ

काठमाडौं । नेपाल भित्राउने तयारीमा रहेका विस्फोटक पदार्थसहित  भारतको पश्चिम बंगालमा एक नेपाली नागरिक पक्राउ परेका छन् । शनिबार नेपाल छिराउने तयारी भैरहेका बेला विस्फोटक पदार्थ सहित पक्राउ परेको भारतीय संचार माध्यमले जनाएको छ । न्यूज अफ इण्डियाका अनुसार पश्चिम बंगालको सिलगुढीमा पक्राउ परेका ती व्यक्तिको नाम चरण रोका रहेको जनाइएको छ । २६ वर्षिय ती नेपालीलाई भारतको सीमा सुरक्षा बल (एसएसबी)ले पक्राउ गरेको हो । उनको साथबाट बिस्फोटक सामग्री समेत बरामद भएको जनाइएको छ । उनले गन पाउडर, इलेक्ट्रिकल… पुरा पढौ

घुसमागेको भन्दै शिक्षाका प्रमुखलाई नेविसंले दल्यो मोसो

डोटी । नेपाल विद्यार्थी संघ डोटीले शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख अनन्तकुमार पौड्याललाई कार्यकक्षमा कालो मोसो दलेका छन्। आईतबार दिउँसो शिक्षा विकास तथा समन्वय इकाई प्रमुखकको कार्यकक्षमा गएर पौड्याललाई कालो–मोसो दलेको नेपाल बिद्यार्थी संघका पूर्व आमन्त्रित केन्द्रीय सदस्य बिजय ओझाले बताए। शिक्षा विकास तथा समन्वय इकाई प्रमुख पौड्यालले जिल्लामा अनियमिता,भ्रष्टाचार र कानुन विपरीत काम गरी रहेका बारेमा डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीलाई पटक पटक जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको भन्दै घटनाबारे यथाशिघ्र छानविन गरी दोषीलाई हदैसम्मको कार्यवाहीको… पुरा पढौ

प्रदेश सरकारको पहिलो प्राथमिकता स्वास्थ्य र शिक्षा– मन्त्री पुन

बागलुङ– गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेश सरकारले समृद्ध गण्डकी निर्माणका लागि स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताएकी छन्। बागलुङको ताराखोला गाउँपालिका–१ अभरभुमिमा नवनिर्मित स्वास्थ्य चौकीको भवनको उदघाट्न गर्दै मन्त्री पुनले प्रदेश सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गर्ने उद्देश्य रहेको बताईन् । उनले प्रदेश सरकारले मृगौला, मुटु र क्यान्सर जस्ता रोगहरुको एकै ठाउँमा उपचार हुने अस्पताल निर्माण गर्ने योजना रहेको जानकारी दिईन । प्रदेश सरकार सुविधा सम्पन अस्पताल निर्माणको प्रक्रियामा छ, यसका लागि हामी जग्गा… पुरा पढौ

मुस्लिम आयोगको अध्यक्ष विरुद्ध सर्वाेच्चमा रिट

काठमाडौं । विवादीत छबिका समीम मियाँ अन्सारीलाई सरकारले मुस्लिम आयोगको अध्यक्षमा नियुक्त गरेपछि बदरको माग गर्दै मुस्लिम नेपाली नागरिक अब्दुल सलामले सर्वाैच्च अदालतमा रिट दायर गरेका छन् । नेपालमा पहिलो पटक संबैधानिक मान्यता पाएर बनेको मुस्लिम आयोगमा पहिलो नियुक्ती नै विवादीत हुन पुगकाे छ । गत बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदको सिफारिसमा अन्सारीलाई अध्यक्षमा नियुक्त गरेकी हुन् । अन्सारीको जन्ममिती, दोहोरा नागरिकता र शैक्षिक प्रमाण पत्र विवादित रहदाँरहदै सरकारले उनलाई नियुक्त गरेको रोष प्रकट गर्दै कपिलवस्तुका मस्लिम युवा अब्दुल… पुरा पढौ

कांग्रेस नेता सिटौलाको स्वास्थ्यमा सुधार

काठमाडौं । नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ । सिटौला उपचाररत हेम्स अस्पतालले आज स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा नेता सिटौलाको उपचारमा सुधार हुँदै आएको जनाइएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा भाष्करराज पन्त र आइसियु इञ्चार्ज डा सबिन कोइरालाद्वारा जारी विज्ञप्तिमा उनको अवस्थामा क्रमिक सुधार भइरहेको उल्लेख छ । उनलाई अहिले पनि सघन उपचार कक्ष (आइसियु)मै राखेर उपचार गराइएको विज्ञप्तिमा जनाइएको छ । शुुक्रबार साँझ अचानक स्वास्थ्यमा गडबडी भएपछि नेता सिटौला अस्पताल… पुरा पढौ