१७ बैशाख २०८१, सोमबार

 

एमाले बागलुङको नेतृत्व सर्वसम्मत चयन (सूचिसहित)

बगलुङ । नेकपा एमाले बागलुङको अध्यक्षमा हिराबहादुर केसीको नेतृत्वमा सर्वसम्मत जिल्ला कमिटि सर्वसम्मत चयन भएका छन् ।

बागलुङ बजारमा जारी दशौं अधिबेशनबाट केसी दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । अध्यक्षमा उमेद्वारी दर्ता गरेका नेकपा एमाले गण्डकी प्रदेश कमिटिका पूर्वसदस्य हरिनारायण गौतमले उम्मेदवारी फिर्ता लिएपछि केसी सर्वसम्मत अध्यक्ष भएका हुन् ।

बागलुङबाट पार्टी एकताबद्ध रहेको सन्देश दिन आफूले उम्मेदवारी फिर्ता लिएको गौतमले बताए । यसअघि एमाले बागलुङको अध्यक्षमा पूर्व अध्यक्ष जनकराज पौडेल र विष्णु भुषालको अध्यक्षमा चर्चा चलेपनि अन्तिम समयमा उम्मेदवारी दर्ता गरेनन् ।

केसीले पहिलो कार्यकालको सबै समय काम गर्न नपाएको भन्दै बलियो दाबेदारी पेश गरेका थिए । केसी विद्यार्थी राजनीति हुँदै युवा संघमा लामो समय राजनीति गरेर मुलधारमा प्रवेश गरेका एमाले नेता हुन् ।

अघिल्लो अधिबेशनमा उपाध्यक्ष र सचिव सर्वसम्मत हुँदा केसी र अहिलेका प्रदेश कमिटि सदस्य कृष्ण पाठक बीच प्रतिस्पर्धा भएको थियो । नवौं जिल्ला अधिवेशनमा मतदान प्रक्रियाबाट अध्यक्ष बनेका केसी दशौँ अधिवेशनमा सर्वसम्मत चयन भएका हुन् ।

उपाध्यक्षमा विष्णु भुसालको मात्रै उम्मेदवारी परेको थियो । यसअघि उनी जिल्ला सचिव थिए । अघिल्लो अधिवेशनमा सर्वसम्मत सचिव चयन भएका भुसाल यो पटक पनि सर्वसम्मत उपाध्यक्षमा चयन भए ।

सचिवमा गणेश थापा चयन भएका छन् । थापासहित सचिवमा चन्द्र गणेश र कुमार खड्काको उम्मेदवारी परेको थियो । शुक्रबार साँझ नै खड्का र गणेशले उमेद्वारी फिर्ता लिएपछि थापा सर्वसम्मत सचिव बनेका हुन् ।

उपसचिवमा पनि सर्वसम्मत धन बहादुर परियार र करमती पुन चयन भएका छन् । उनीहरु दुई जनाको मात्रै उम्मेदवारी परेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्