२० बैशाख २०८१, बिहीबार

 

माओवादी गलकोट नगरसमितिले विचार केन्द्रित अभियान थाल्ने

गलकोट । नेकपा माओवादी केन्द्र गलकोट नगर समितिको विस्तारित बैठक गलकोट नगरपालिका वडा नम्वर ६ मा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य तथा गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले प्रचण्ड नेतृत्वको नेपाल सरकारले गरेका सुशासन, समृद्धि र भष्ट्रचार विरुद्वका अभियानबारे जनतामा प्रचारात्मक अभियान बढाउनु पर्ने बताउनु भएको छ ।

निउरेले माओवादी पार्टीको विचार र नेतृत्वको आधारमा संगठित तागत निर्माण गर्दै समृद्ध समाज निर्माण गर्न नेता कार्यकर्ता सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले अनावश्यक भ्रमको पछाडि नलागी नागरिकका गुनासा, आलोचना सुन्दै पार्टीलाई जनताको पार्टी बनाउन सबैको भुमिका रचनात्मक हुनुपर्ने कुरामा जोड दिनुभयो ।

बैठकमा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे अनिल, प्रदेश समिति सदस्य ललित श्रीस, नेकपा माओवादी केन्द्र गलकोट नगर ईन्चार्ज शेर बहादुर खड्काले मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा गलकोट नगरपालिकाका ११ वटै वडाका वडा कमिटिका अध्यक्ष एवं पार्टीका प्रतिनिधिहरुले पार्टीको सांगठनिक अवस्था, जनप्रतिनिधिले गरेका काम, सुझाव, सल्लाह सहित रिपोर्टिङ प्रस्तुत गरेका थिए । बैठकले माओवादी केन्द्रलाई थप सुदृढ बनाउन वैचारिक अभियान, जनभेटघाट, अन्तक्रिया, संगठन विस्तार, जनसेवा मुलक कार्यहरु वडा तहमा अभियानकै रुपमा सञ्चालन गर्ने विषयमा अन्तरकृया समेत गरेको थियो ।

विस्तारित बैठक नेकपा माओवादी केन्द्र गलकोट नगर अध्यक्ष चन्द्रदत्त रेग्मीको अध्यक्षता र सचिव भिम विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्