ताजा समाचार

नयाँविश्व टक शो

अगामी तीन वर्षमा महिला हित बचत सहकारीकाे आफ्नै भवनः खड्का

बागलुङ । नारी उत्थानका लागि २०५२ साल कार्तिक २ गते महिला हित संरक्षण नामक संस्था गठन गरी बागलुङमा रहेका महिलाहरुको आर्थिकस्तर विकासको लागि  २०५८ मा सहकारी ऐन अनुसार स्थापना दर्ता भएकाे हाे । बागलुङ नगरपालिका ३ गुठीमा रहेको संस्थाले २५ जना शेयर सदस्यहरु जम्मा गरी २ हजार ५ सयले महिला हित बचत तथा ऋण सहकारी संस्थाको जन्म दियो । उमा खड्काको नेतृत्वमा दर्ता भएको सहकारीले अहिले १७ औं वर्ष पार गरेको छ ।यहाँसम्म आइपुग्दा सहकारीले काँचुली नै फेरेको छ ।… पुरा पढौ

म्याग्दी आक्रमण : जसको नक्सा बनाएका थिए कमरेड रानाले [भिडियोसहित]

म्याग्दीको सदरमुकाम बेनीको उत्तरबाट पूर्व बग्दै गरेको कालीगण्डकी र पश्चिमबाट पूर्व बग्दै गरेको म्याग्दी खोलाको तीरमा बसेको बेनी बजार निकै सुन्दर छ । त्यही सुन्दर बेनी बजारको दक्षिणतर्फ म्याग्दी खोला बग्छ, जसको तीरमा राज्यको औपचारिक बसाई छ । अर्थात सरकारी कार्यालयहरु त्यहीँ बसेका छन् । आजभन्दा डेढ दशक अघि २०६० चैत्र ७ गते (राती १० बजेर ५५ मिनेटमा) यहि बेनी बजारको सुन्दर वगानमा भिषण युद्ध चल्यो । बन्दुकको नालबाट सत्ता जन्मन्छ र त्यो सत्ता जनपक्षिय सत्ता हुनेछ भन्ने सोचका साथ… पुरा पढौ

जैमिनी नगरपालिकामा रिङरोड बनाउँदैछौँ – मेयर पौडेल [भिडियो सहित]

बागलुङ । जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेलले जैमिनीमा अब रिङरोड बनाएर स्मार्ट सिटीका रुपमा विकास गर्ने आयोजना रहेको बताएका छन् । उनले एक मिटरसमेत बाटो पक्की नभएको अवस्थामा अबको पाँच वर्षभित्र आमूल परिर्वतन हुने गरी आफूले काम गर्ने उनले बताए । यही आवमा मात्रै कम्तिमा २ मिलोमिटर बाटो पक्की बनाउने योजना छ । मुख्य मुख्य सडक संजाललाई ढलान गरी पक्की बाटो बनाउने सपना छ उनले भने । नयाँ विश्वको टक शो कार्यक्रममा उनले यस्तो बताएका हुन् । नगरपालिकाको शैक्षिक सुधारको लागि… पुरा पढौ

सबैको सहयोग भयो भने अंचल अस्पतालको मुहार फेर्न सकिन्छ– राना

बागलुङ । बागलुङमा रहेको अञ्चल अस्पतालको अध्यक्षमा केवी राना मगर चयन भएको तीन महिना पुग्यो । तीन महिनाको अवधिमा उनले अंचल अस्पताललाई परिर्वतन गर्नको लागि धेरै पापड बेले । म आउन भन्दा पहिले ११ जना अध्यक्ष फेरिए तर अंचल अस्पतालको दुरदशा भने कहिल्यै फेरिएन केवी राना मगरले भने । यदि अंचल अस्पताललाई आफ्नो घर सम्झेर अगाडिका अध्यक्षहरुले काम गरेको भए आज यो अवस्थाबाट अंचल अस्पताल गुर्जनुपर्ने थिएन उनले भने । म अंचल अस्पतालको अध्यक्षमा पदमा बस्नको लागि मात्रै चयन भएको… पुरा पढौ

रायडाँडा बागलुङ नगरपालिकाकाे अर्को कर्णाली – वडा अध्यक्ष गौतम [भिडियोसहित]

बागलुड। बागलुङ नगरपालिका ११ रायडाँडा अर्को कर्णाली भएको त्यहाँका वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताएका छन् । भौगोलिक हिसाबले नगरपालिका भएपनि अति विकट क्षेत्रमा रायडाँडा रहेको भन्दै वडा अध्यक्ष गौतमले कर्णालीको संज्ञा दिएका हुन् । बागलुङ नगरपालिकाको १४ वटा वडा मध्य रायडाडा अर्को कर्णाली प्रदेश जस्तो भएको हुदाँ बिकास गर्न कठिनाई भएको उनको तर्क छ । धौलागिरि संचार क्लब बागलुङको १६ औ साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएका हुन् । जनजातीको बस्ती रायडाँडा ५ सय ६० घरधुरी रहेको र विषेश गरी जनजातीको… पुरा पढौ

गरिबी घटाउन बचत र उत्पादनमा जोड गरौ- शर्मा [भिडियो]

बागलुङ जिल्लाको सहकारी आन्दोलनलाई शसक्त बनाउँदै आएका चण्डीप्रसाद शर्मा पौडेल दुई कार्यकालको लागि बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिडेटको नेतृत्वमा पुगे । २०५६ सालमा एकता सहकारी संस्थाबाट जिल्लाको सहकारी आन्दोलनमा होमिएका पौडेल सिवाइसी सहकारीका संस्थापक अध्यक्ष समेत हुन् । ९४ सहकारी आवद्ध रहेको उक्त बागलुड बचत तथा सहकारी संघको नेतृत्वमा हालै सर्वसम्मत रुपमा चयन भएका पौडेलले जिल्लाको सहकारी आन्दोलनलाई उचाईमा पु¥याउन आफूले कुनै पनि कसर बाँकी नराख्ने बताए । सहकारीमैत्री समाज निर्माण गर्दै हरेक नागरिकसम्म सहकारीको पहुँच पु¥याउनको… पुरा पढौ

संघीयतामा स्वास्थ्य सेवा: स्वास्थ्य अवार्डबाट सम्मानित दिपक तिवारीसँगको ‘टक शो’

संघीयताका आधारमा राज्य पुनर्संरचना गर्ने क्रममा सरकारी स्वास्थ्य क्षेत्रको संरचना पनि फेरिएको छ । यसअघि केन्द्रीय सरकारको मातहत रहेका जिल्ला स्वास्थ्य वा जनस्वास्थ्य कार्यालय अहिले प्रदेश सरकारको मातहत ल्याईएको छ ।  बागलुङको जिल्ला जनस्वास्थ्य कार्यालयको पनि नाम फेरिएर ‘स्वास्थ्य कार्यालय गण्डकी प्रदेश बागलुङ’ भएको छ । प्रदेश स्वास्थ्य कार्यालयले गर्छ यी काम प्रदेश स्वास्थ्य कार्यालयलाई प्रदेशस्तरको स्वास्थ्य सेवाबारे काम गर्ने र स्थानीय सरकारले सञ्चालन गर्ने स्वास्थ्य सेवाको क्षेत्रमा प्राविधिक सहयोग तथा समन्वय गर्ने जिम्मेवारी रहेको छ । संविधानअनुसार आधारभुत स्वास्थ्य… पुरा पढौ

राति पनि समाजकै काममा चिन्तनशिल रहने ज्ञानबहादुर (टक शो)

सामाजिक कामको चासो र चिन्ताले रातमा निद्रा नलाग्ने मान्छे पनि हाम्रै समाजमा छन्, भन्दा पत्यार नलाग्न सक्छ । किनभने अहिलेको मान्छे चाहेर वा नचाहेरै पनि आफ्नो हित, प्रगति र स्वार्थ पूरा गर्ने दौडमा छ । आफ्नो वा परिवारको हित प्रवद्र्धन गर्न होस् या पैसा कमाउन । मानिसलाई आफ्नै काम फत्ते गर्न भ्याई नभ्याई छ । अक्सर यी यस्ता व्यक्तिगत काम र बाध्यता बिच जेलिएका धेरै मान्छे भेटिने नेपाली समाजमा सामाजिक प्रगतिमा अहोरात्र खट्ने मानिस पनि छन् । यस्तै एक पात्र… पुरा पढौ

टक शो: ‘अहिले पनि संघीयताको खारेजी नै हाम्रो मूख्य मुद्धा’-जनमोर्चा अध्यक्ष थापा

राष्ट्रिय जनमोर्चा बागलुङको छैठौँ जिल्ला सम्मेलन यहि मंसिर २१ र २२ गते गलकोटको हटियामा हुँदैछ । सम्मेलनमा जिल्लाभरबाट ५ सय प्रतिनिधि तथा पर्यवेक्षक सहभागि हुने राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले जानकारी दिए । सम्मेलनले पाँचौ जिल्ला सम्मेलनदेखि अहिलेसम्मको पार्टीको काम, कार्यप्रगतिको समिक्षा र भावि योजना निर्मासँगै आगामी तीन वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ । संघीय संविधान निर्माण भएर देशमा संघीय संरचना कार्यान्वयनमा आएको छ । राष्ट्रिय जनमोर्चाका प्रतिनिधि संघीय सांसद् तथा प्रदेश सभामा सहभागि छन् ।… पुरा पढौ

टक शो: ‘महासंघको जस्तै वरिष्ठलाई स्वत: अध्यक्ष बनाएर सर्वसम्मत गरौँ’-राजभण्डारी

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्ष बन्ने दौडमा छन्, अहिलेका बरिष्ठ उपाध्य युवराज राजभण्डारी । उनी संघको सदस्यदेखि द्वितिय, प्रथम हुँदै दुई कार्यकाल बरिष्ठ उपाध्यक्ष भईसकेका छन् । राजभण्डारीले एक पटक मूख्य नेतृत्वमै बसेर काम गर्ने ईच्छा देखाएका छन् । उनले बागलुङ बजारमा सुनचाँदी पसल र निर्माण व्यवसाय समेत गर्दै आएका छन् । संघको १७औँ महाधिवेशन अनतरगत यहि मंसिर २२ गते नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । मनोनयन दर्ता भने पर्सी नै गर्नुपर्ने हुन्छ । मनोनयन दर्ता नहुँदै उनी र वर्तमान… पुरा पढौ