२ जेष्ठ २०८१, बुधबार

 

अाफ्नाे मिशनमा असफल भएपछि काँग्रेसकाे नयाँ तिकडम

- मिशनमा

विशेष गरी काँग्रेसको अल्पमत पक्षले सभापति शेरबहादुर देउवाले कुनै तयारी नै नगरिकन सरकार परिवर्तनको योजना अगाडि सारेका कारण असफलता हात लागेको भन्दै सभापतिले पार्टी डुबाएको आरोप लगाउन थालेका छन् ।

विशेषगरी १३ औं महाधिवेशनमा सभापतिको पदमा हारेका रामचन्द्र पौडेल पक्षधरले सभापति देउवाका कारण काँग्रेस असफल भएको भन्दै उनीमाथि नैतिकताको प्रश्न उठाएका छन् ।

काँग्रेसका नेताहरु प्रकाशमान सिंह, दिलेन्द्रप्रसाद बडु, मिनेन्द्रप्रसाद रिजाललगायत दुई दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताले काँग्रेस सभापति देउवा र उनको नजिकका मान्छेहरुको ताल ठिक नभएको भन्दै आपत्ति जनाइसकेका छन् । देउवाको तरिका नै ठिक नभएको भन्दै उनीहरुले पार्टीलाई रसातलमा पु¥याएको बताएका छन् ।

त्यसो त पछिल्लो पटक सरकार परिवर्तनको खेलमा देउवाले खेलेको खेल कच्चा खेल भन्दा फरक थिएन । आफू भित्रका समेत नमिलाकन एमाओवादीसँगको सम्वाद गर्नु नै उनको लागि घातक बनेको छ ।

खुला रुपमा भारतीयलाई हस्तक्षेपका लागि काँग्रेस परिचालित भएको जनताको नजरमा स्थापित भएको भन्दै काँग्रेस भित्रै उठेको असन्तुस्टिलाई सम्बोधन गर्ने तर्फ देउवाले कुनै कदम चालेका छैनन् । त्यसो त उनले कुन विषयलाई सार्वजनिक गर्ने हो कुन विषयलाई नगर्ने हो भन्ने बारेमा समेत ध्यान दिन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्