१ जेष्ठ २०८१, मंगलवार

 

दक्षिण कोरियामा नेपाली कामदारको मृत्यु

दक्षिण कोरियामा एक नेपाली कामदारको औद्योगीक दुर्घटनामा परेर मृत्यु भएको छ । ख्यङबुक थेगुमा रहेको पेपर मील कम्पनिमा कार्यरत पाल्पाका यामबहादुर थापाको मगरको बुधबार केमिकलको ट्यांकी सफा गर्ने क्रममा बेहोस भएको र उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

ट्याङ्की सफा गर्ने अरु चार जना पनि बेहोस भएका थिए । उनीहरु सबैलाई एकै साथ अस्पताल पुर्याअइएकोमा थापाको भने बाटैमा मृत्यु भएको हो ।

मगर थेजाङ जेझी नामक पेपर मिल कम्पनिमा ईपीएसबाट २३ महिना अघि कोरिया पुगेका थिए । थापाका श्रीमती र १ सन्तान रहेको बताईएको छ । मृतकको दाइ पनि कोरियाको बुसानमा कार्यरत छन् ।

घटनाको बारेमा प्रहरी र नेपाली राजदूतावासलाई जानकारी गराईएको त्यहाँ कार्यरत नेपालीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्