३ श्रावण २०८३, आईतवार

 

कस्ताे छ त सन्नीको ‘वैवाहिक सफलताकाे मन्त्र’

बलिउडमा केही समयदेखि एक जोडीको सम्बन्धबिच्छेदको खबर सेलाउन नपाउँदै अर्को जोडीको खटपट, सम्बन्धबिच्छेद जस्ता समाचार आइरहेका छन्। ठीक यही बेला बलिउड अभिनेत्री सन्नी लियोनीले एक भारतीय सञ्चारमाध्यमसँग वैवाहिक सफलता मन्त्र साटेकी छिन्।
‘वैवाहिक जीवनमा दरार ल्याउन नदिने दुई मुल तत्व हुन्, कम्प्रमाइज र ट्रस्ट,’ विगत ८ वर्षदेखि ड्यानियल वेबरसँग दाम्पत्य जीवन बिताइरहेकी  सन्नी भन्छिन्, ‘ मेराे मान्यता छ, ‘ह्याप्पी वाइफ, ह्याप्पी लाइफ’। यदि वैवाहिक जोडीले आफूहरुको सम्बन्ध लामो समय टिकोस् भन्ने चाहन्छन् भने यो कुरा ख्याल गर्नुपर्छ कि, एकअर्काप्रति विश्वासको एकदमै खाँचो छ। र, घमण्ड दुवैका लागि हानिकारक छ, हठ त्यागेर सम्झौता गर्न सक्ने सामथ्र्य हुनुपर्छ।’
यस्तै उनले वैवाहिक जोडीमा एकअर्काप्रति स्वार्थबिनाको प्रेमका साथै एकआपसमा खुलस्त स्वभाव पनि जरुरी रहेको बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung