२ श्रावण २०८३, शनिबार

 

‘सतीदेवी’ इजिप्टियन अमेरिकी फिल्म फेस्टिवलमा छनोट

बागलुङ । फिल्म ‘सतीदेवी’ अमेरिकाको ‘इजिप्टियन अमेरिकी फिल्म फेस्टिभल’मा छनोट भएको छ । दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको लक्ष्मण सुवेदी निर्देशित उक्त फिल्म अमेरिकाको न्युर्योकमा ३१ अक्टोबरदेखि २ नोभेम्बरसम्म आयोजना हुने फेस्टिवलमा प्रदर्शन हुने भएको छ।

नारीप्रधान फिल्म सतीदेवी ‘दक्षिण एसियाली चलचित्र महोत्सव २०८०’मा पनि नगदसहित पुरस्कार जित्न सफल भएको र निर्देशक सुवेदीले अवार्डसमेत प्राप्त गरेका थिए । फिल्ममा निर्देशक सुवेदीकै कथा, पटकथा, संवाद र सुवेदीले नै लेखेको गीत रहेको छ ।

फिल्मको केन्द्रीय भूमिकामा अभिनेत्री मल्लिका महत छिन् भने कलाकार रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटीले बेजोड अभियन गरेका छन् ।

सतीदेवी फिल्म नेपालमा गत वर्ष भदौमा प्रदर्शनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung