
अमेरिकाको बोष्टनवासी नेपालीहरूले धुर्मुस— सुन्तली फाउन्डेसनलाई १४ लाख रूपैयाँ सहयोग गरेका छन । महोत्तरीको बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती निर्माणको लागि बोस्टनवासीले सहयोग संकलन गरेका हुन । मानवता र सद्भावका लागि सहकार्य,राष्ट्र निर्माण तपाईं हाम्रो अभियान भन्ने मूल नाराका साथ फाउन्डेसनले आर्थिक अभियान चलाई रहेको छ ।
उक्त सहयोग संम्वन्धमा फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले भनँे ‘नसोचेको सहयाग प्राप्त भयो, हामी धेरै खुशि छौ ,यो रकमको हामीले सदुपयोग गरेर देखाउने छौ । कार्यक्रममा उपस्थिति १ सय ३१ जना सहयोगीबाट उक्त रकम संकलन भएको हो ।

1000
फाउन्डेसनले गरिब विपन्न मुसहरहरूलाई नयाँ वर्षमा उक्त वस्ती हस्तान्तरण गर्ने लक्ष्य राखेको छ ।