३० बैशाख २०८१, आईतवार

 

सुन व्यवसायमा सफलता हासिल गर्दै कविराज

- म¥र्यादित व्यपार र सामाजिक सेवाको चाहना

शुरुमा २ लाख रुपैयाँ लिएर बजार झर्दा धेरैले कसरी टिक्छ भनेर हेपेको उनलाइ अहिले जस्तै लाग्छ । तर हेप्न खोज्नेकै अगाडि उनले केही सफल भएर देखाइसकेका छन् । परंपरागत सुनचाँदीको व्यवसाय गर्दा गर्दै बजार झरेका कविराज सुनार अहिले आधुनिक गहना बनाउने सदरमुकामका अग्रणी सुनव्यवसायीको कोटीमा आइपुगेका छन् । स्वतन्त्र पेशा गर्न खोज्दा पनि मानसिक रुपमा असफल बनाउने धेरै प्रयासबाट उनी गुज्रेकोले केही गरेर देखाउनुपर्छ भन्ने भावना उनमा पलायो । व्यवसायलाई म¥र्यादित बनाउँदै सफलतामा पुग्नु सजिलो नभएको उनको अनुभव छ । तर पनि निरन्तरको संघर्षले कविराज सुनार जिल्लाको सफल व्यवसायीको रुपमा उदाएका छन् । श्रीमती जुनुले उनको चाहनालाई सफलतामा पु¥याउन सहयोग गरेकी छिन् । अधिकांस समय व्यवसायमा खटेर जुनुले सहयोग गरेकै कारण यो अवस्थामा आइपुग्न सकेको उनको भनाइ छ ।

बाह्र बर्ष अघि पुख्र्यौली पेशालाई व्यवसायिक बनाउने लक्षले सुनार बागलुङ बजार झरेका थिए । अहिले उनी बजारको प्रतिष्ठीत व्यवसायीको रुपमा उदाएका छन् । परंपरागत सामान लिएर झरेका सुनारले शुरु शुरुमा यो पेशाले जीवन अगाडि बढ्न सक्छ भन्ने समेत सोचेका थिएनन् । तर अहिले उनको व्यवसाय धेरै अगाडि बढीसकेको छ । प्राय बजारका स्थायी बासिन्दा र धनीहरुले अंगालेको पेशामा लाग्दा गाउँबाट झरेको सुनारको छोराले प्रतिष्पर्धा गर्न सकिन्छ भन्ने नलागेको उनले बताए । तर उनले यतिवेला ८ जनालाई रोजगारी दिएका छन् । ती मध्ये अधिकांस बंगाली छन् ।
अहिले सुनारले भारतीय गहना बनाउने काममा प्रतिष्ठा कमाएका छन् । विशेषगरी भारतीय टेलिऋखलाका कलाकारले लगाउने गहनाको आर्कषण बढेपछि उनले बंगाली कालिगढबाट त्यस्तै गहना बनाउने कामलाई तीव्रता दिएका हुन् । अधिकांस महिलाले टेलिभिजनमा देखेको आधारमा गहनाको अर्डर गर्न आउने गर्छन् ।

शुरुमा ऋण काढेर व्यवसाय थालेका सुनारले ढीकुटी खेलेर पनि पेशालाई धानेका थिए । पछिल्लो समय भने राम्रो आम्दानी गर्न सफल भएकोले व्यवसायलाई भरपर्दो बनाउन सकेका छन् । तर पनि सुन पेशा अझै पनि असुरक्षित भएकोमा उनले चिन्ता व्यक्त गरेका छन् । भन्छन्, ‘यो पेशामा जतिबेला पनि जोखिम छ’ सरकारबाटै सुरक्षित नहुने भएकोले यो पेशामा पेशागत कठिनाइ धेरै छन् । बजार महंगो छ, ग्यारेन्टी भन्ने केही छैन । २ करोड लगानी गरेपछि किनेको सामान रुमालमा पोको पारेर ल्याउनुपर्ने र चोरीको खतरा भएकोले व्यवसायमा निकै जोखिम मोल्नुपर्ने उनले बताए ।

यता समय समयमा राज्यले व्यवसायीलाई पनि दुःख दिन्छ । बिल बिनाको सुनको कारोवार गर्न नपाईने नियमले पनि व्यवसायी हैरान भएका छन् । सबै सुन राष्ट्रबैंकबाट खरिद गर्न नपाईने र सर्वसाधारणको सुन किन्दा सबैको बील नहुने समस्या उनले खेपेको बताए । ‘बील नभएको सुन किन्दा हामीलाई प्रशासन र प्रहरीले दुःख दिन्छ’ उनले भने, ‘पुरानो सुन विक्रि गर्न आएको कोही ग्राहकलाई पनि हामीले फर्काउन बाध्य छौं ।’ सुन विक्रि गरेर केही गर्छु भन्ने नागरिक पनि पिडामा परेको उनले बताए । सरकारले सुनका चोर समाइदिए राम्रो हुने उनको प्रतिक्रिया छ । तर पटक पटक किनेर ल्याएको सुन र व्यवसायी पक्राउ परेकोमा उनले आपत्ति जनाए । राष्ट्रबैंकले कोटा दिएर केही सुन किन्ने अवसर दिएपनि आवस्यक पर्ने सुन किन्न नपाइएको उनको गुनासो छ । बजारमा भएको माग अनुसार किन्न नपाएपछि व्यवसायीले विक्रि गर्न पनि पाएका छैनन् । बजारमा १० देखि २० तोलाको माग भैरहेको समयमा २देखि ४ तोला पनि किन्न नपाएको उनले गुनासो गरे । समय समयमा सुनको भाउ घट्ने बढ्ने हुँदा पनि व्यवसायी घाटामा परेको उनले गुनासो गरे । तर पनि जिल्लाको सफल व्यवसायीको रुपमा उभिएका सुनार हाल सुनचाँदी व्यवसायी संघको सहसचिव हुन् । सामाजिक काममा पनि विस्तारै अग्रसर भएका सुनारले म¥र्यादित व्यपार गरेर जनताको विश्वास जित्नुपर्नेमा जोड दिन्छन् ।
अन्तरवार्तामा आधारित

प्रतिक्रिया दिनुहोस्