३ कार्तिक २०८३, सोमबार

 

हामी सबैमा सकरात्मक सोचको आवश्यकता– सांसद खड्का

बागलुङ- व्यवस्थापिका सांसद चम्पादेवी खड्काले समृद्ध बागलुङ निर्माणका लागि बागलुङबासी सबैले सकरात्मक सोच राख्नुपर्ने आवश्यकता रहेको बताएकी छन ।
६० औं राष्ट्रिय सहकारी दिवसको अवसर पारी सिवाईसी नेपाल र सिवाईसी साकोस बागलुङको संयूक्त आयोजना तथा मानव सेवा आश्रम नेपालको सहकार्यमा बागलुङ बजारमा आयोजित सकरात्मक जीवनशैली, उत्प्रेरण एवम् अनुभव आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै सांसद खड्काले सो कुरा बताएकी हुन । सकारात्मक सोचाई राखी अगाडि वढ्नाले हरेक क्षेत्रमा सफलता मिल्ने धारणा व्यक्त गर्दै सांसद खड्काले हामी सबै एकजुट भएर सबैप्रती राम्रो सोँच अगाडि वढ्न सकेमा बागलुङको समृद्धि धैरै टाढा नरहेको बताईन ।
संस्थाका सञ्चालक, उपसमिति, सदस्य र कर्मचारीहरुको सोचमा परिवर्तन ल्याई सकरात्मक सोचको विकास गरी सामाजिक तथा संस्थागत विकासमा अग्रसर गराउने, सकारात्मक जीवन जिउने कला प्रदान गर्ने र मानवता र सामाजिक भावना सहितको असल व्यक्ति निर्माण गर्ने उद्देश्यले कार्यक्रमको आयोजन गरिएको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिए ।
कार्यक्रममा मानव सेवा आश्रम नेपालका अध्यक्ष राम्जी अधिकारीले सकरात्मक सोच, खुसी, खुसीका साथ जिवनयापनका लागि सकरात्मक सोचको अपरिहार्यता, सकरात्मक जीवनशैली जिउने कला, तनाब व्यवस्थापन लगाएतका विभिन्न विषयहरुलाई रचनात्मक तरिकाहरुवाट सहभागिहरुलाई बोध गराएका थिए । साथै बागलुङमा पनी आश्रमको आवश्यकता महशुस भएको कारणले गर्दा यहाँका स्थानीय युवाहरुको सक्रियतामा ८ औं शाखाको रुपमा केहि समय अगाडि आश्रमको स्थापना गरिएको अधिकारीले जानकारी गराए ।
विभिन्न ६ जिल्लाका २५० भन्दा वढिको सहभागिता रहेको कार्यक्रममा सम्पूर्ण शेयर सदस्यहरुको तर्फवाट जनक पौडेल, सिवाईसी साकोसका सल्लाहाकार हरिकृष्ण सुवेदी, सदस्य सेवाकेन्द्र हटियाका पूर्व संयोजक सरस्वती कार्की, शेयर सदस्य कृष्ण सापकोटा लगाएतले बोलेका थिए ,
कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, सिवाईसी साकोसका उपाध्यक्ष गीतादेवी रेग्मीको स्वागत र सिवाईसी नेपालका सचिव विरवहादुर किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung