२९ बैशाख २०८१, शनिबार

 

स्थानिय निकायको चुनावमा सबै जुटनुपर्ने –उपप्रधानमन्त्री थापा

उपप्रधान एवं सघिय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय निकायको चुनाव हुनेमा दुविधा र आशंका नरहेको बताउनुभएको छ । जिल्ला समन्य समिति बागलुङको आयोजनमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उप्रधानमन्त्री थापाले देशमा संविधान कार्यान्यन गर्न स्थानिय तहको चुनाव हुन लागेको हुदा यसमा कसैको दुविधा र आशंका भए हटाउनुपर्ने बताउनुभयो ।२० बर्षपछि हुन लागको चुनावमा कोही पनि बिचलित नभई सबै एक भएर लाग्न उहाले आग्रह गर्नुभयो ।स्थानिय निकायको चुनावमा सहभागी गराउने गरि असन्तुष्ट रहेका र आन्दोलनरत राजनैतिक दलहरुसग“ बार्ता भईरहेको उहाले बताउनुभयो ।

स्थानिय निकायको चुनावमा भाग लिन सक्ने गरि बातावरणको लागि सरकारले प्रयास जारी राखेको थापाले बताउनुभयो । संविधानमा व्यवस्था भए बमोजिम स्थानिय तहलाई प्रभावकारी ढगंबाट कार्यान्वय गर्न सक्ने हो भने आगामी दश बर्षमा नेपालमा आमुल परिवर्तन हुने थापाले बताउनुभयो । संसारका बिभिन्न देशमा संघियताका बिभिन्न मोडल कार्यान्वय भएको अवस्थामा नेपालमा पनि आवश्यकता र परिवेशलाई आत्मसाथ गर्दै नया“ प्रयोग गर्न खोजेको उहाको भनाई ।

देश उन्मुख भईरहेको अवस्थामा केही अन्योल,अस्पष्टता र कतै कतै बिरोधाभासहरु देखा पर्नु असोभाविक मान्न नहुने बताउनुभयो । केही अस्पष्टता र विवाद नगरपालिका,गा“उपालिका र वडाका केन्द्रलाई लिएर देखिएका भएपनि यसलाई निराकरण गर्न सरकारले स्पष्ट निति बनाएको उहाले बताउनुभयो । जुन व्यवस्था कार्यान्वयनमा आएको छ,त्यो एउटा सामान्य प्रकृतिको परिर्वन नभएको उहाले बताउनुभयो । उपप्रधानमन्त्री थापा चैत्राष्टमी मेलाको उदघाटन गर्न बागलुङ आउनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्