बागलुङ -सुचना प्रविधिको क्षेत्रका विकास र सुसुचित गर्ने उदेश्यका साथ बागलुङमा नयाँ बिश्व अनलाइन पत्रिकाको सुरुवात भएको छ । समाज रुपान्तरणको लागि आर्थिक,सामाजिक र सुचनामैत्री बनाउनको लागि अनलाईन संचालमा ल्याइएको छ । नागरिक संचार प्रालि मार्फत नय“ा बिश्व अनलाईन बागलुङको संचालमा आएसगै नय बर्षको २०७४ सालको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले समाज रुपान्तरणका लागि पत्रकारिता क्षेत्र महत्वपुर्ण भएकाले सत्य, तथ्य, समाचार प्रकाशन प्रशारणमा जोड दिनुपर्ने बताए । उनले आगामी दिनमा हुन लागेको स्थानिय निकायको निर्वाचनमा निष्पक्ष भई समाचार रुपमा प्रसारण गर्नुपर्ने बताए ।
कार्यक्रममा बागलुङका सांसद चम्पादेवि खडकाले हरेक परिवर्तन आफैबाट गर्नुपर्ने भन्दै सामाजिक तथा विकास निर्माणमा संचार माध्यम लगाएत सबै लाग्नुपर्ने बताईन । कार्यक्रममा नेपाली काग्रेसका जिल्ला कोषाध्यक्ष उमेश गौतम,नेकपा माओबादी केन्द्रका प्रचार बिभाग प्रमुख कृष्ण केसी,राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष नविनचन्द्र शेरर्बुजा, एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रबादीका जिल्ला अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ,नेपाल महिला सघंका अध्यक्ष सकुन्तला शर्मा,नेपाल पत्रकार महासघंका केन्द्रिय सदस्य हरिनारायण गौतम, उद्योग बाणिज्य सघंका प्रथम उपाध्यष उमेश केसी,राष्ट्रिय सहकारी बैक केन्द्रिय संचालक समिति सदस्य रामबहादुर जिसी, नेपाल पत्रकार महासघं बागलुङका अध्यक्ष दिल श्रीस,प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य कोपिला कडेल नयाँ बिश्व अनलाइन निस्पक्ष,प्रभावकारी र फरक क्षेमतावान हुने गरि अगाडि बढदै जानुपर्ने शुभकामना दिएका थिए । नागरिक संचार प्रा.लि. बागलुङका अध्यक्ष निर्मल श्रेष्ठको अध्यक्षता,सम्पादक मुकेशचन्द्र राजभण्डारीको स्वागत र पत्रकार राम थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
























































































































































































