४ श्रावण २०८३, सोमबार

 

स्थानिय तहको निर्वाचन देशैभर एकदिन गर्नुपर्छ –बरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी बैशाख ३१ गते तोकिएको स्थानिय तहको निर्वाचन देशभर नै एकैदिन हुनुपर्ने बताएका छन । नेपाल प्रेस युनियन बागलुङले आईतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेललले, तोकिएको मितिमा स्थानिय तहको निर्वाचन नभए देश संकटमा पर्ने भन्दै उक्त दिन देशभरका सबै केन्द्रमा
निर्वाचन हुनु जरुर रहेको बताएका छन ।
देशलाई निकासको विन्दुमा पु¥याउनका लागि काँग्रेस, एमाले र माओबादीले तराई मधेशीदलहरु सँग लचकता अपनाउनु पर्छ ,नेता पौडेलले भने, निर्वाचन गर्नका लागि मधेशीदलका मुद्धालाई सम्बोधन गरी सहमतिमा पुग्न जरुर रहेको छ ।
पुर्व उपप्रधानमन्त्री समेत रहेको पौडेलले यदि निर्वाचन तोकिएको मितिमा नभए देश संकटमा पर्ने खतरा रहेकोले यसमा ठुला दलहरु सजग हुनुपर्ने बताए । उनले प्रधानमन्त्री प्रचन्ड मधेशी दलहरुको निर्वाचन हुन नदिने गतिविधि सँग नडाराई काँग्रेस र एमाले सँग समन्वय गरी अगाडि बढन आग्रह गरे ।
मुलुकमा नयाँ संविधान निर्माण भए पनि यसको कार्यान्वयनमा सबैको उत्तिकै भुमिका हुने तराईका दलहरुलाई समेटेर कार्यान्वयनका लागि लग्नुपर्ने बताए । फरक प्रसंगमा स्थानिय तहको निर्वाचनमा नगरपालिका गाउँपालिका र वडाहरुमा नेपाली काँग्रेसलाई विजयी गराउनका लागि सक्षम नेतृत्व नै उम्मेदवार हुने बताए । उने पार्टि भित्र योगदानको उच्च मुल्याङकन, निरन्तरता र जसले सजिलै चुनाव जित्न सक्छ उसलाई पार्टिले टिकट दिने भन्दै यिनै आधारमा उम्मेदवार छनौट गर्नका लागि आग्रह गरे । नेता पौडेलले आजै भुपु सैनिक संघको साधारणसभाको उदघाट्न गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम नेपाल प्रेस युनियन बागलुङका सभापति नरेश कंडेलको अध्यक्षता उपसभापति प्रदिप पन्तको स्वागत र सहसचिव सुवास आचार्यको संचालनमा सम्पन्न भएको थियो । Ramchandra Paudel

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung