४ श्रावण २०८३, सोमबार

 

जिल्लामा मतदाता शिक्षा कार्यक्रम सुरु,१ सय ९२ सहजकर्ता गाउँ—गाउँमा

जिल्ला निर्वाचन कार्यालय बागलुङले १० वटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । ‘एक मतदान स्थल एक मतदाता’ शिक्षा सहजकर्ता हुने गरि जिल्लाभर १ सय ९२ जना मतदाता शिक्षा सहजकर्ता छनोट गरेर चैत्र २९ गतेदेखि स्थानीय स्तरमा पठाईएको जिल्ला निर्वाचन अधिकारी विकाशचन्द्र शर्माले जानकारी दिए ।
बैसाख ३१ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा सहज रुपमा मतदान गर्ने वातावरण बनाउन र मतदान बदर हुन नदिन सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयंसेविका र बालविकास केन्द्रका सहजकर्तालाई तालिम दिएर स्थानीय स्तरमा पठाईएको हो ।
कतिपय मतदाता शिक्षा सहजकर्ता गाउँटोलमा पुगेर यसअघि नै अभियान सुरु गरिसकेको र केहि कार्यक्षेत्र पुग्दै गरेको जिल्ला निर्वाचन अधिकारी शर्माको भनाई छ ।
उनीहरुलाई नमुना मतपत्र, मतदाता शिक्षा हाते पुस्तिका, निर्वाचन आचार सहिंता, मतपत्रमा छाप लगाउने सहि तरिका, मतदान बदर हुनसक्ने अबस्था जस्ता विषयमा प्रशिक्षण दिईएको थियो । तालिम लिएर स्थानीय स्तरमा बुधबारदेखि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको ढोरपाटन नगरपालिका अन्तरगत साविकको बुर्तिबाङ गाविसका सामाजिक परिचालक तथा मतदाता शिक्षा सहजकर्ता विष्णु विसीले बताए ।
सवैलाई पायक पर्ने सार्वजनिक स्थल, पार्टी कार्यालय, गाउँटोल र बजारमा पुगेर मतदाता शिक्षाको बारेमा नागरिकहरुलाई सहजीकरण गरिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता शिक्षा सहजकर्ताहरुलाई एक हप्ताको तालिम दिएर मतदाताहरुलाई मतदान सम्वन्धि जानकारी दिनका लागि गाउँ—गाउँ पठाइएको छ । सहजकर्ताहरुको पारिश्रमिक १२ हजार रहेको छ । यस अभियान पछि जिल्ला स्थित राजनीतिक दलका नेताहरुलाई बोलाएर मतदाता शिक्षा सम्वन्धि कार्यक्रम गर्ने योजना रहेको जिल्ला निर्वाचन अधिकृत विकाशचन्द्र शर्माले बताए ।
अभियानको क्रममा पोष्टर, पम्पप्लेट वितरण समेत गरिएका छ । नगरप्रमुख–उपप्रमुख र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष १÷१ जना, वडा अध्यक्ष १ जना, वडा सदस्य महिला १, दलित महिला १ र खुल्ला वडा सदस्य २ गरि एकैजना मतदाताले ७ वटा चिन्हमा मतदान गर्नुपर्ने भएकाले कम सचेतना भएका मतदाता झुक्किन सक्ने सम्भावना धेरै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung