१ जेष्ठ २०८२, बिहीबार

 

जिल्लामा ८४ जनाको उमेदवारी फिर्ता

 उमेदवारी फिर्ता गर्न निर्वाचन आयोगले तोकेको समयमा बागलुङका ४ नगर र ६ गाउपालिकाका विभिन्न पदहरुमा ७४ जनाले फिर्ता लिएका छन् । बागलुङ नगरपालिकाबाट मात्रै ३४ जना उमेदवारले उमेदवारी फिर्ता लिएका छन् । बागलुङ नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रको तर्फबाट उमेदवारी दिएकी कुशुम बुढा पुन र उपमेयरका उमेदवार निर्मलबहादुर श्रेष्ठ तथा मेयरका स्वतन्त्र उमेदवार दिपक हमालले उमेदवारी फिर्ता लिएका छन् ।

बागलुङ नगरपालिकामा उमेदवारी फिर्ता लिनेहरुमा बानपा ११ का वडाअध्यक्ष रत्नबहादुर थापा, बानपा–३ बाट स्वतन्त्र अध्यक्षको उमेदवार पुष्पाकुमारी क्षत्री, बानपा–४ बाट राधा विक, बानपा–२ का वडाअध्यक्ष शसिकपुर श्रेष्ठ, बानपा–१२ का खुल्ला सदस्य हरिप्रसाद शर्मा पौडेल (स्वतन्त्र), बानपा ७ बाट दलित महिला सदस्य कुमारी विक (माओवादी केन्द्र) बानपा–७ खुल्ला सदस्य प्रेमबहादुर कार्की (नेपाली काग्रेस) बानपा–७ खुल्ला सदस्य गणपति निउरे (नेपाली काग्रेस), बानपा–७ वडाअध्यक्ष विकास विश्वकर्मा (माओवादी केन्द्र) बानपा–७ खुल्ला महिला सदस्य पार्वती विक (माओवादी केन्द्र), बानपा–३ वडाअध्यक्ष दिपेश पन्त (स्वतन्त्र), बानपा–१ दलित महिला सदस्य विना सार्की (माओवादी केन्द्र) बानपा–१ खुल्ला वडा सदस्य विदुर शर्मा (माओवादी केन्द्र) , बानपा–१ खुल्ला महिला सदस्य हरिकला पुन थापा (माओवादी केन्द्र) बानपा–१ वडा अध्यक्ष रामबहादुर केसी (माओवादी केन्द्र), बानपा–१ खुल्ला सदस्य रोमन्त आचार्य (नेपाली काग्रेस) बानपा–१ खुल्ला सदस्य सोमबहादुर बोहरा (नेपाली काग्रेस बाट उमेवारी फिर्ता लिएका छन् । त्यस्तै बानपा–१२ खुल्ला महिला सदस्य सरिता शर्मा (नेकपा एमाले) बानपा–१४ वडा अध्यक्ष धुर्व परियार (माओवादी केन्द्र) बानपा–१४ दलित महिला सदस्य आसा विक नेपाली (माओवादी केन्द्र) खुल्ला सदस्य डिलबहादुर हरिजन (एमाले) महिला सदस्य शान्ति सार्की (माओवादी केन्द्र) खुल्ला सदस्य मुरारी शर्मा पौडेल –माओवादी केन्द), बानपा–१२ वडाअध्यक्ष जीवन शर्मा (माओवादी केन्द्र) खुल्ला वडासदस्य परमानन्द पौडेल (माओवादी केन्द्र, खुल्ला वडा सदस्य कृष्णप्रसाद पाठक (एमाले) दलित महिला सदस्य झुपी दमिनी (माओवादी केन्द्र) बानपा–१३ वडा अध्यक्ष रुद्रप्रसाद शर्मा (माओवादी केन्द्र) दलित महिला सदस्य मन्जु परियार (एमाले) खुल्ला सदस्य नर्सिङ्गबहादुर खत्री (एमाले) खुल्ला वडासदस्य प्रकाश सुवेदी रखाल (माओवादी केन्द्र) बाट उमेदवारी फिर्ता लिएका छन् ।

दक्षिण जैमुनि नगरपालिकामा उमेदवारी फिर्ता लिनेमा स्वतन्त्र रुपमा उमेदवारी दिएका उमेदवारहरु रहेका छन् । फिर्ता लिनेहरुमा वडा नम्वर १ का वडा अध्यक्षका उमेदवार ठाकुरप्रसाद शर्मा, वडा नम्वर २ का आनन्दप्रसाद अन्माई, वडा नम्वर ८ का अध्यक्ष यामबहादुर क्षत्री, वडा नम्वर ९ का अध्यक्ष गम्भिरसिंह थापा, सन्दिप थापा, महिला सदस्य चन्द्रकला पाध्या, सदस्य, आनन्दप्रसाद पाध्या, दलित महिला सदस्य नन्दकुमारी दमिनि, वडा नम्वर १० का अध्यक्ष ओमबहादुर श्रीस, सदस्य दलबहादुर थापा, पदमबहादुर पुन र प्यारी थापा श्रीस रहेका छन् । गल्कोट नगरपालिकामा ७ जनाले उमेदवारी फिर्ता लिएको बताइएको छ ।

गल्कोट नगरपालिकाको वडा नम्वर ८ मा नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको चुनावी तालमेल भएपछि वडा अध्यक्षका उमेदवार राष्ट्रिय जनमोर्चाका भिमबहादुर शेरचन, सदस्य नरहरी घिमिरे, नेकपा माओवादी केन्द्रका सदस्य छमबहादुर गलामी, खुल्ला महिला सदस्य अनिता गलामी, दलित महिला सदस्य अमृता दमाई, स्वतन्त्र अध्यक्षका उमेदवार तेजप्रसाद सापकोटा र सदस्य वीरबहादुर पुन मगरले उमेदवारी फिर्ता लिएका छन् । ढोरपाटन नगरपालिकामा स्वतन्त्र मेयर पदका उमेदवार सहबिन अर्गेजा र वडा नम्वर १ का महिला सदस्य पदका उमेदवार चन्द्रकली भण्डारीले उमेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिए ।

काठेखोला गाउँपालिकामा दुई उपप्रपमुख सहित २३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिनेमा उपप्रमुखमा उम्मेदवारी दिएका एमालेका अञ्जु जिसी र माओवादी केन्द्रकी लक्ष्मी खड्काले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत धुव्र गिरीले जानकारी दिए । ताराखोला गाउपालिकामा ७ जनाले उमेदवारी फिर्ता लिएका छन् । उमेदवारी फिर्ता लिनेमा वडा अध्यक्षका उमेदवार राप्रपाका खिमलाल कडेल, वडा नम्वर ५ का अध्यक्ष चित्रप्रसाद रोका, सदस्य गजाधर कडेल, संघिय समाजवादीका गाउपालिका अध्यक्ष रामबहादुर घर्ती, वडा नम्वर ३ का अध्यक्ष मनबहादुर अठारे, नेपाली कागँ्रसका वडा नम्वर २ का वडा सदस्य पृथीलाल घर्ती र नेकपा एमालेका वडा नम्वर ४ का दलित महिला सदस्य सिता कामीले उमेदवारी फिर्ता लिएका छन् । नेकपा एमालेका वडा नम्वर ४ का दलित महिला सदस्य सिता कामीले उमेदवारी फिर्ता लिएपछि नेकपा माओवादी केन्द्रका धनमाया कामी निर्विरोध निर्वाचित भएकी छिन् ।

वरेङ गाउँपालिकामा वडा नम्वर २ वाट नेकपा एमालेका अध्यक्षका उमेदवार तिलबहादुर थापा, खुल्ला सदस्य दुर्गाबहादुर थापा, महिला सदस्य सिर्जना थापा र वडा नम्वर २ मा नयाँ शक्ति पार्टीका वडा अध्यक्ष चेतबहादुर थापाले उमेदवारी फिर्ता लिएका छन् ।
बडीगाड गाँउपालिकावाट ४ जनाले उमेदवारी फिर्ता लिएका छन् । गाँउपालिकाका अध्यक्षका उमेदवार नेकपा माओवादी केन्द्रका सावित्राकुमारी आचार्य, उपाध्यक्ष पदका उमेदवार नेकपा एमालेका उषा घिमिरे, वडा नम्वर ५ का वडा अध्यक्षका उमेदवार माओवादीका कलाधर घिमिरे र वडा नम्वर ७ का सदस्य पदका स्वतन्त्र उमेदवार चक्रबहादुर केसीले उमेदवारी फिर्ता लिएका हुन् । तमानखोला गाँउपालिकाको केही वडामा कांग्रेसका वडा अध्यक्षका उमेदवार निर्विरोध भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung