५ श्रावण २०८३, मंगलवार

 

एमाले राप्रपाको बानपा ८ मा चुनावी घरदैलौ अभियान

एमाले राप्रपाको बानपा ८ सिगानामा घरदैलो अभियान सम्पन्न भएको छ । चुनावी अभियानमा एमाले र राप्रपाबाट सयुक्त प्यानलमा प्रमुख उम्मेद्वार बनेका जनक पौडेल र उपप्रमुखका उम्मेद्वार सुरेन्द्र खड्काले नगरको विकासका लागि आफुँलाई विजयी गराउन मतदातालाई आह्वान गरेका थिए ।

कार्यक्रममा उर्जा राज्य मन्त्री रामजी प्रसाद शर्मा,सुभाष राजभण्डारी,राम शर्मा,प्रविण शंकर श्रेष्ठ,कुमार खड्का,रुद्र महत,वडाअध्यक्ष राजन जिसी,राजेन्द्र खड्का लगायतले बोलेका थिए । चुनावी सभा बानपा ८ हवल्दारथर ,गाविस भवन र बौडेचौरमा सम्पन्न भएको थियो । त्यस्तै शुक्रबार बानपा ६ को लमगाउँ,सिम र भान्सा र ७ नम्वर वडाको हर्राचौर,लामिडाँडा र तितौरेमा सम्पन्न भएको थियो । uml2

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung