१९ भाद्र २०८३, शुक्रबार

 

धुर्मुस सुन्तली एकिकृत नमुना बस्ती निर्माणको अभियानमा

- बस्ती निर्माणका लागि जापानबाट २९ लाख उठ्यो

काठमाडौं,२३ वैशाख ।

एकै पटक सयौं सर्वसाधारणले तीनकुने चन्द्र र सुर्य अंकित नेपाली झण्डा फरफराउँदा नाकानो जिरो स्थित कार्यक्रम हलको स्टेजमा उभिएर बसेका धुर्मुस–सुन्तली निकै भावुक देखिन्थे ।जापानमा रहेका सयौं नेपालीहरुले एकै स्थानमा भेला भएर उनीहरुको अभिनन्दन गर्दाको माहोल साँच्चै भावुक बनेको थियो । अनि कार्यक्रममा सहभागी हरेक नेपालीले भावुक मुद्रामा पुनः निर्माण महा अभियानका महानायक धुर्मुस र सुन्तलीलाई अभिनन्दन गरे ।

एक साता लामो जापान भ्रमणमा निस्केका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ र कुञ्जना घिमिरे‘सुन्तली’ ले गरेका सामाजिक कार्यका लागि सहयोग गर्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको थियो । आयोजकले एउटै स्टेजमा दुईवटा कार्यक्रम सम्पन्न गरेको छ । जापानबासी नेपालीले धुर्मुस सुन्तलीलाई अभिनन्दन गरे भने धुर्मुस सुन्तली साँझ २०१७ पनि सफलता पुर्वक सम्पन्न भयो । कार्यक्रमकै सिलसिलामा सहयोगीहरुबाट पनि सहयोग प्राप्त भएको थियो ।
‘धुर्मुस–सुन्तली साँझ २०१७’ हिमाल पहाड तराइका गरिव नेपालीहरुलाई एकै स्थानमा अस्पताल सहितको एकिकृत नमुना बस्ती निर्माणको लागि यो सहयोग अभियान आयोजना गरिएको थियो र यो जापानमा नेपालीहरुले गरेका कार्यक्रम मध्ये अहिलेसम्मकै सफल कार्यक्रम रहेको आयोजकले बताएको छ । चर्चित प्रस्तोता दिनेश डिसी, चर्चित पप गायक दिपक बज्राचार्य र हास्य कलाकार बांगे बाको समेत कार्यक्रममा बेजोड प्रस्तुती रहेको थियो ।
आयोजकका अनुसार ‘धुर्मुस–सुन्तली साँझ’ र च्यारिटी डिनर कार्यक्रम सहित जापानबाट फाउण्डेशनका लागि २८ लाख ६० हजार ८ सय ८६ नेपाली रुपैयाँ ९३१ लाख ५४ हजार २ सय ४ जापानी येन सहयोग संकलन भएको सनराईज कर्पोरेशनका अध्यक्ष रविन्द्र श्रेष्ठले बताए ।  कार्यक्रमको आयोजक संस्था सनराईज कर्पोरेशनका अध्यक्ष रविन्द्र श्रेष्ठले कार्यक्रममा उपस्थित दर्शकहरुबाट उठेको १४ लाख ३० हजार २ येन बराबरको रकम सिटी एक्सप्रेसको तर्फबाट अध्यक्ष महेश श्रेष्ठले कार्यक्रम हलमै डवल गर्ने घोषणा गरेका थिए ।

हलमा दर्शक र सिटी एक्सप्रेसको गरी २८ लाख ६० हजार ४ येन संकलन भएको हो । कार्यक्रममा करिव सयको हाराहारीमा स्वयंसेवक परिचालन गरिएको थियो भने अभिनन्दनका लागि सयौं नेपाली झण्डा वितरण समेत गरिएको आयोजक संस्थाका प्रवन्ध निर्देशक हरी सापकोटाले जानकारी दिए । गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष भुवन भट्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सुरु गरिएको थियो । सिटी एक्सप्रेसका अध्यक्ष महेश श्रेष्ठ, एभरेष्ट इन्टरनेशनल स्कुलका अध्यक्ष भूपालमान श्रेष्ठ, कानागावा नेपाली कम्युनिटीका सल्लाहकार जिज्ञानकुमार थापा, पत्रकार महासंघ जापानका अध्यक्ष मोहनसिंह घले, सनराईज कर्पोरेशनका अध्यक्ष रविन्द्र श्रेष्ठ, सनराईज कर्पोरेशनका प्रवन्ध निदेशक हरी सापकोटा, जेनिथ रेमिटका प्रवन्ध निर्देशक नविन निउरे लगायतले कलाकारहरुलाई स्वागत तथा सम्मान गरेका थिए ।

    d1

त्यस्तै कार्यक्रमबाटै धुर्मुस सुन्तलीले हिमाल, पहाड र तराई जोड्ने एकीकृत नमुना वस्ती निर्माणको अभियानलाई तिब्रता दिने बताए । धुर्मुस सुन्तलीले ३ वटा बस्ती सफलता पुर्वक सम्पन्न गरिसकेको छ । भुकम्प गएको केही समय देखि नै लगातार सामाजिक कार्यमा सक्रिय हुदै आएका जोडिले काभ्रेको डाँडा गाउँमा पहरी बस्ती, सिन्धुपाल्चोकको गिरान्चौरमा गिरान्चौर एकिकृत नमुना बस्ती र महोत्तरीको बर्दिवास २ मा एकिकृत नमुना मुसहर बस्ती निर्माण गरिसकेको छ ।

फाउण्डेशनले ३ वटा बस्ती सफलता पुर्वक सम्पन्न गरेर सरकारलाई चुनौती दिईरहेका बेला फेरी पनि अर्को परियोजनाको घोषणा गरेका छन्  भुकम्प पछाडि उनीहरुले जापानवासी नेपालीहरुको माया र हौसला आफ्ना लागि मार्ग दर्शन भएको बताउँदै आफूहरुको चौथो प्रयासको थालनी जापानबाट गरेको सिताराम कट्टेलले जानकारी गराए । कार्यक्रममा सहयोगको लागि आग्रह गदै उनले बस्तीको खाका समेत प्रस्तुत गरेका थिए । धुर्मुसले बस्तीमा पुरै नेपाल देखिने भन्दै एउटा पर्यटकीय गन्तव्य स्थल बनाउने सपना देखेको धारणा ब्यक्त गरे ।
उता धुर्मुस सुन्तली साँझ २०१७ मा मुख्य प्रायोजकको रुपमा रहेको सिटी एक्सप्रेस मनि ट्रान्सफरको लक्की ड्रमा ३० जना विजेताले १२ पटक नेपाल पैसा पठाउन पाउने भएका छन् । कार्यक्रम हेर्न उपस्थित भएका दर्शकहरुको अर्धकट्टी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निकालेका थिए । अर्को सिटी ट्राभलले एक जनालाई नेपाल जाd2d4पान आउने हवाई टिकटको लक्की ड्र समेत गरेको थियो । सो लक्की ड्रको विजेता रमेश केसी भएका थिए । कार्यक्रमको क्रममा विजेता केसीलाई सिताराम कट्टेल ‘धुर्मुस’, सिटी एक्सप्रेसका अध्यक्ष महेश श्रेष्ठ र सिटी ट्राभलका म्यानेजर दिनेश केसीले सयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
धुर्मुस सुन्तली साँझको टिकट खरिद गर्नेहरुले टिकट लिएर आएमा एक पटक सर्भिस चार्ज फ्री पाउने भएकोले सिटी एक्सप्रेसको काउन्टरमा सम्पर्क गर्न सकिने सिटी एक्सप्रेसका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung