नेकपा एमाले बानपा वडा नं २ मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । घरदैलो अभियान अन्र्तगत बजारका श्रीनगर टोल, हाँडेपाखा, आवारो
ड, मिलिजुली टोल लगायतका स्थानहरुमा घरदैलो अभियान सम्पन्न गरिएको नेकपा एमाले वडा नं २ का वडा अध्यक्षका उम्मेद्वार जीवन आचार्यले बताए ।
उक्त अभियानमा बागलुङ नगरपालिका एमाले र राप्रपाका मेयर उपमेयरका उम्मेद्वारहरुको नेतृत्वमा घरदैलो अभियान सम्पन्न भएको थियो । घरदैलो कार्यक्रममा एमालेका मेयरका उम्मेद्वार जनक पौडेल,उपमेयरका उम्मेद्वार सुरेन्द्र खड्का र वडा अध्यक्षका उम्मेद्वारहरुले आधुनिक र समृद्ध नगर तथा वडा निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे ।
घरदैलो अभियानमा महिला खुल्ला सदस्य रिमा कुमारी राना गुरुङ,दलित महिला सदस्यमा बुधिमाया बोसेल थापा,खुल्ला सदस्य सुरज बोसेल र दुर्गा बहादुर खत्रीको सहभागिता
रहेको थियो ।













































































































































































































