७ जेष्ठ २०८१, सोमबार

 

ताराखोला गाउँपालिकाका जनप्रतिनिधिलाई हरि माविको स्वागत

- सामुदायिक विद्यालयको गुणस्तर सुधार मेरो प्रथमिकता–अध्यक्ष घर्ती

ताराखोला गाउँपालिकाको वडा नम्बर–३ हिलामा रहेको हरि माध्यमिक विद्यालयले गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरेको छ ।

विद्यालयमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष प्रकाश घर्ती मगर, उपाध्यक्ष डिलकुमारी पुन रोका, वडा नम्बर–३ का अध्यक्ष डिलबहादुर बस्ने, महिला सदस्य श्रीमायाँ घर्ती, दलित महिला सदस्य तेजु भण्डारी परियार तथा सदस्यहश्र हेमन्त घिमिरे र भुपनारायण बगालेलाई सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रकाश घर्ती मगरले ताराखोला गाउँपालिकाको समृद्धिका लागि सवैसँग मिलेर अघि बढ्ने बताए । उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गरेर मात्र वालवालिकको भविष्य उज्ज्वल बनाउन सकिने भन्दै यो विषय आफ्नो कार्यसुचिको प्राथमिकतामा रहेको उल्लेख गरे ।

अध्यक्ष घर्तीले शैक्षिक सुधारको कार्यक्रमलाई अघि बढाउन शिक्षक, अभिभाबक र सम्पुर्ण सरोकारवालाको सक्रियता आवश्यक रहेकोमा जोड दिए । सो अबवसरमा गाउँपालिका उपाध्यक्ष डिलकुमारी पुन रोका, वडा अध्यक्ष डिलबहादुर बस्नेत र सदस्य तेजु भण्डारी परियारले नागरिकको सेवा र विकाश निर्माणको कार्यमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक हरिप्रसाद पौडेल र विद्यालय व्यवस्थापन समिति सदस्य पुर्णा चालिसेले नवनिर्वाचित टिमलाई बधाई ज्ञापन गर्दै समग्र गाउँपालिकाको समृद्धिको लागि प्रतिबद्ध भएर काम गर्न शुभकामना दिएका थिए ।

कार्यक्रम शिक्षक अभिभाबक संघका अध्यक्ष खडकबहादुर कार्कीको अध्यक्षता, शिक्षक विजय मेहताको स्वागत र अर्का शिक्षक शिवप्रसाद निउरेको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्