३ कार्तिक २०८३, सोमबार

 

प्रहरीले नियन्त्रणमा लिने क्रममा कालिगण्डकीमा हाम फालेका पुन अझै फेला परेनन्

ट्याक्सीमा चरेश ल्याउदै गरेको सुचनाका आधारमा प्रहरीले पक्राउ गर्ने क्रममा भागेर कालीगण्डकीमा हाम फालेका युवाको खोजिको माग गर्दै आफन्तले सडक अवरुद्ध गरेका छन् ।
बागलुङ र पर्वतको सीमा मालढुंगाबाट मंगलबार राती ध १ ज ४१३ नम्वरको ट्याक्सि बाट भागेर बागलुङ नगरपालिका–३ का १७ बर्षिय सुनिल पुन बेपत्ता भएको प्रहरीले जनाएको छ । कालीगण्डकीमा हाम फालेर बेपत्ता भएका युवाको २४ घण्टा वितिसक्दा पनि प्रहरीले खोजी नगरेको भन्दै आफन्जहरुले सडक अवरुद्ध गरेका हुन ।
राती प्रहरीको नियन्त्रणबाट भाग्दै कालीगण्डकीमा हाम फालेका उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले बताए ।
‘बेपत्ता व्यक्तिको खोजी भइरहेको छ । अहिलेसम्म पत्ता लागेको छैन ।’ डिएसपी खड्काले भनेँ । प्रहरीले दुवै तर्फबाट घेरा हालेपछि उनी कालिगण्डकीमा हाम फालेको हुनसक्ने अनुमान गरिएको छ । ट्याक्सीमा सवार अन्य २ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
बानपा–१ मालढुङ्गा बस्ने २८ वर्षीय दिपेन्द्र भरत भन्ने दिपेन्द्र कार्की र ट्याक्सी चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ का २४ वर्षीय भिमसेन लामालाई सवारी साधन सहित प्रहरीले पक्राउ गरेको छ
ट्याक्सी चेकजाँच गर्ने क्रममा गियरको डण्डीनिर लुकाईछिपाई राखेको डाईजेपाम ३, नुर्फिन ३, फेनारगन ४ एम्पुल र नाइट्राजेपाम ट्याबलेट ३ थान लागू औषध प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका अन्य दुईजनाबाट अनुसन्धान भइरहेको छ । घटनास्थल आसपासका क्षेत्रमा आफन्तले समेत खोजीकार्य गरेपनि बुधबार साँझसम्म पुनको अवस्था पत्ता लाग्न सकेको छैन् ।
सडक अवरुद्ध भएपछि कुश्मा देखी बागलुङसम्म चल्ने सवारी बीचमै रोकिएका छन । चक्काजाम खुलाउन जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले पहल गरिरहेको जनाएको छ ।
आफन्तले सहज रुपमा पक्राउ गर्न सकिने आधार हुदाँ हुदै जवरजस्ती हामफाल्ने अवस्था बनाएको आरोप लगाएका छन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung