स्थानिय तहमा निर्वाचित जनप्रतिनिधि र पत्रकारविच बागलुङमा अन्तरसंवाद गरिएको छ ।
सञ्चार माध्यम सञ्चालनको अनुमति समेत स्थानिय तहले नै दिने संवैधानिक व्यवस्था भएकाले सञ्चारकर्मी र सञ्चारमाध्यम पनि स्थानिय तहका साझेदर बनेर अघि बढ्नुपर्ने हुँदा ‘पत्रकारिताको विकाशमा स्थानिय तहको भुमिका’ विषयमा सरोकार पक्षसँग छलफल सुरु गरिएको पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरलले बताए ।
वुधबार जिल्ला सदरमुकाम बागलुङ बजारमा भएको कार्यक्रमका बक्ताले अब सञ्चार माध्यमको सवलिकरण र पत्रकारको क्षमता अभिबृद्धि जस्ता विषयमा स्थानिय तहको भुमिका महत्वपुर्ण रहने हुँदा योजना र बजेटमा समेत पत्रकारितलाई समेट्नुपर्ने तर्के गरे ।
नेपाल पत्रकार महासंघका केन्द्रियय सदस्य हरिनारायण गौतमले सञ्चारको विकास र पारदर्शिताको लागि स्थानिय तहमा ईन्टरनेट विस्तर गर्नुपर्ने बताए । 
‘पत्रकारितालाई तल्लो तहमा कसरि लैजाने भन्ने षियमा अब बहस गर्नुपर्ने वेला आएको छ ।’ पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले भने, ‘पत्रकारिता पेशाले पनि स्थानिय तहको समृद्धिको अभियानलाई अघि बढाउनुपर्छ ।’
अध्यक्ष शिरिषले जिल्लाका १० वटै स्थानिय तहमा यस्तो बहस अबश्यक रहेकाले महासंघले यस्तो सवै तहमा यो कार्यक्रम गर्ने तयारी गरेको बताए ।
बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेलले स्थानिय तह सञ्चालन तथा जनप्रतिनिधिको काम, कतव्र्य बारे संघिय, प्रादेशिक र स्थानिय कानुन बन्न बाँकी रहेकाले सञ्चार सहित अन्य विषयमा पनि छलफलको सुरुवात हुनुपर्ने बताए ।
काठेखोला गाउँपालिकामा अहिले सञ्चारको कुनै माध्यम नभएको भन्दै गाउँपालिका अध्यक्ष अमर थापाले स्थानिय सञ्चार स्थापना र सञ्चालनको बारेमा योजना बनाउनु अबश्यक रहेको तर्क गरे । 
पत्रकार रामकृष्ण शर्माले पत्रकारिताको विकाशमा स्थानिय तहको भुमिका विषयमा कार्यपत्र प्रश्तुत गरेका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी धुर्ब गिरी, स्थानिय विकाश अधिकारी रामप्रसाद आचार्य सहित जिल्लाका कार्यालय प्रमुख, स्थानिय तहका जनप्रतिनिधि र पत्रकारहरुले स्थानिय तहमा सञ्चार माध्यम सञ्चालनको विषयमा स्थानिय आवश्यकताको आधारमा निती बनउनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा पत्रकार महासंघको तर्फबाट जिल्लाका निर्वाचित प्रतिनिधिलाई स्वागत तथा सम्मान समेत गरिएको थियो ।
फोटो–मञ्जुल शाक्य, बागलुङ
















































































































































































