बागलुङका नवआगत प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आफ्नो जिम्मेवारी सम्हालेका छन् ।
गृहमन्त्रालयबाट भर्खरै बागलुङको प्रजिअको रुपमा सरुवा भएका तिवारी बुधबार बागलुङ आईपुगेर जिल्ला प्रशासन कार्यालय बागलुङमा हाँजिर भएका हुन् ।
नयाँविश्व डटकमसँग कुराकानी गर्दै प्रजिअ तिवारीले शान्ति सुव्यवस्था कायम, सुशासन र सरल तथा सहज रुपमा सेवा प्रवाह आफ्नो प्राथमिकता रहेको बताए ।
उनीले यस अघि २०७१, ७२ सालमा पर्बतको प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए । 
बैसाख ३१ गतेको पहिलो चरणको स्थानीय निर्वाचनमा लम्जुङको प्रमुख जिल्ला अधिकारी रहेका तिवारी चुनाबपछि गृहमन्त्रालयमा सरुवा भएका थिए । तिवारीले २०५१ सालमा शाखा अधिकृतबाट सरकारी सेवा सुरु गरेका थिए ।
नवआगत प्रजिअ तिवारीले जिल्लाका कार्यालय प्रमुख, राजनितिक दल तथा सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
स्याङ्जा वालिङ नगरपालिका वडा नम्बर–७ केवरे भञ्ज्याङमा विक्रम संबत् २०२६ लामा जन्मिएका उनले वालसिद्ध माविबाट ४२ सालमा एसएलसि उतिर्ण गरेका थिए । उनले जनप्रशासनमा स्नातकोत्तर गरेका छन् ।
यसअघिका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे गृहमन्त्रालयमा सरुवा भएपछि तिवारी बागलुङ आएका हुन् ।







































































































































































































