३ श्रावण २०८३, आईतवार

 

पैसा कमाउन विदेश गएका केसीको शव समेत ल्याउन मुस्किल

साउदीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका बागलुङका भिमबहादुर केसीका परिवारले शव नेपाल ल्याउन पहल गरिदिन सरकारसँग आग्रह गरेका छन् ।

कामको सिलसिलामा ४ बर्ष अघि साउदी गएका बडिगाड गाउँपालिका–७ का २५ बर्षिय केसी सवार गाडिलाई ट्रेलरले ठक्कार दिँदा आईतबार उनको मृत्यु भएको थियो । उनकी श्रीमती पार्बती केसीले श्रीमानको शव तत्काल नेपाल ल्याउने व्यवस्था गरिदिन सम्बन्धित निकायसँग माग गरेकी छन् ।

घरको आर्थिक अबस्था कमजोर रहेको र कम्पनीले समेत चासो नदीएकाले उनको शव अलपत्र परेको साउदीबाट तुलबहादुर खत्रीले जानकारी दिए ।

दुर्घटना स्थलबाट नेपाली दुतावास निकै टाढा रहेकाले शव नेपाल पठाउनको लागि पहल गर्न समेत आफुहरुलाई अप्ठ्यारो भएको खत्रीले बताए । केसीको शव अहिले स्थानिय अस्पतालमा रहेको छ ।

पैसा कमाउन विदेश गएका श्रीमानको एक्कासी मृत्युको खबर सुनेपछि सोकमग्न बनेकी पार्बती शव समेत नअएपछि झन् पिडामा परेको भिमगिठेबाट बिमल खड्काले जानकारी दिए ।

मृतक केसीले अल सदावी कम्पनीमा लाईट गाडी चलाउने काम गर्थे । मुस्लीम समुदायको रमजान पर्वका लागि साउदीको हापड सिटीबाट सामान लिएर आउने क्रममा केसीमा भन्ने ठाउँमा उनी दुर्घटनामा परेका थिए । उनका श्रीमती र एक छोरी छन् ।

फोटो– मृतक भिमबहादुर केसी सवार दुर्घटनाग्रस्त गाडि

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung