
साउदीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका बागलुङका भिमबहादुर केसीका परिवारले शव नेपाल ल्याउन पहल गरिदिन सरकारसँग आग्रह गरेका छन् ।
कामको सिलसिलामा ४ बर्ष अघि साउदी गएका बडिगाड गाउँपालिका–७ का २५ बर्षिय केसी सवार गाडिलाई ट्रेलरले ठक्कार दिँदा आईतबार उनको मृत्यु भएको थियो । उनकी श्रीमती पार्बती केसीले श्रीमानको शव तत्काल नेपाल ल्याउने व्यवस्था गरिदिन सम्बन्धित निकायसँग माग गरेकी छन् ।
घरको आर्थिक अबस्था कमजोर रहेको र कम्पनीले समेत चासो नदीएकाले उनको शव अलपत्र परेको साउदीबाट तुलबहादुर खत्रीले जानकारी दिए ।
दुर्घटना स्थलबाट नेपाली दुतावास निकै टाढा रहेकाले शव नेपाल पठाउनको लागि पहल गर्न समेत आफुहरुलाई अप्ठ्यारो भएको खत्रीले बताए । केसीको शव अहिले स्थानिय अस्पतालमा रहेको छ ।
पैसा कमाउन विदेश गएका श्रीमानको एक्कासी मृत्युको खबर सुनेपछि सोकमग्न बनेकी पार्बती शव समेत नअएपछि झन् पिडामा परेको भिमगिठेबाट बिमल खड्काले जानकारी दिए ।
मृतक केसीले अल सदावी कम्पनीमा लाईट गाडी चलाउने काम गर्थे । मुस्लीम समुदायको रमजान पर्वका लागि साउदीको हापड सिटीबाट सामान लिएर आउने क्रममा केसीमा भन्ने ठाउँमा उनी दुर्घटनामा परेका थिए । उनका श्रीमती र एक छोरी छन् ।
फोटो– मृतक भिमबहादुर केसी सवार दुर्घटनाग्रस्त गाडि