पुरातात्विक महत्वको तिलौराकोट दरबार पछि गोटिहवामा पनि जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको छ । मानविय अतिक्रमणका कारण महत्वपूर्ण अवशेषहरु विस्तारै नष्ट हुदै गएको भन्दै लुम्बिनी विकास कोषले अधिग्रहण कार्य अघि बढाएको हो ।
मौर्य सम्राट अशोककले गाडेको अशोक स्तम्भका साथै क्रकुछन्द बुद्धको जन्मथलो रहेको त्यहा थुप्रै पुरातात्विक स्थलहरु छन् । करिब २० भन्दा बढि पुरातात्विक भग्नावशेष अहिले पनि व्यक्तिगत लालपूर्जा जग्गामा रहेकोले अधिग्रहण सुरु गरिएको लुम्बिनी विकास कोष सदस्य सचिव अजितमान तामाङले जानकारी दिनुभयो ।
गोटिहवाको जग्गा अधिग्रणको चर्चा ६ महिना अघि देखि चलेको थियो । जग्गा प्राप्ती ऐन२०३४ अनुसार रहेको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले प्रक्रिया अघि बढाएको हो । समितिका संयोजक तथा प्रजिअ बिष्णु ढकालले ऐतिहासि स्थल गोहिटवा क्षेत्रमा जग्गा अधिग्रणका लागि औपचारिकरुपमा प्रकृया अघि बढेको जानकारी दिनुभयो । समितिले जग्गा अधिग्रणकालागि लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उत्प्रतीलाई स्थानी अधिकारी ताकेको छ ।
अधिकृत उत्प्रतीलाई १५ दिन भित्र गोहिटवा क्षेत्रमा जग्गा अधिग्रणका बिषयमा प्रतिबेदन पेश गर्न सयमसीमा दिईएको छ । उप्रेतीले जग्गा अधिग्रहण गर्नै क्षेत्रको यकिन गरी प्रतिबेन बुझाउने बताउनुभयो । सो क्षेत्रको करिब ५ विगहा क्षेत्र पहिलो चरण अन्र्तगत अधिग्रहण गर्ने तयारी भइरहेको प्रशासनले जनाएको छ । प्रशासन कार्यालय मार्फत जग्गा अधिग्रणका लागि लुम्बिनी विकास कोषले ४ करोड रकम विनियोजन गरेको छ । “कोषले गोटिहवामा जग्गा अधिग्रहण गर्न ४ करोड बजेट सहीतको पत्र पठाएपछि प्रक्रिया अघि बढाएका हौ ” प्रजिअ ढकालले भन्नुभयो ।
अधिग्रहणको मुआब्जा रकम अषाढ भित्रै खर्च गर्नुपर्ने भएकाले चुनौती समेत बनेको छ । अहिले सम्म प्रक्रिया मात्र भएको छ । अझै मूल्यांकन हुन, समुदायको माग सम्बोधन र अधिग्रहण सूचना निकाल्न बाँकी रहेकोले बजेट फ्रिज हुन सक्ने स्थानीय रामराज दुवेले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनले समेत यसलाई असर पार्ने भएकाले काम तिब्र गतिमा बढाउन आग्रह गर्नुभयो ।
गोटिहवामा जग्गा अधिग्रणको प्रकृया अघि बढाईएकमा जिल्लाबासीले खुशी ब्यक्त गरेका छन् । बयोबृद्ध तेज कुमार बौद्धाचार्यले यो कार्यलाई समयमै भ्याउनुपर्ने बताउनुहुन्छ । गोटिहवा क्षेत्रका प्राचिन भग्नावशेष, स्तूपा तथा इनार लगायतका अन्य पुरातात्विक संरचनाहरुमा स्थानीयले घर समेत बनाएर बसेको उहाले दाबी गर्नुभयो ।
पनि अझै सम्म कसैले कुनै कदाम नचालेको गुनासो गरे । त्यहा क्रकुछन्दको जन्म र निर्वाण प्राप्त भएको स्थलका रुपमा सम्राट अशोकले स्थापना गरको अशोक स्तम्भ र स्तुपा छन् । अशोक स्तम्भ भाचिएको र नालीमा रहेको छ । भारतीय पुरातत्वबिद् पुर्णँचन्द्र मुखर्जीले सन् १८९९ मा अनुसन्धान गर्दा स्तुपको परिधी ६८ फिट भएको बताईन्छ । अतिक्रमण संरक्षणको अभावले गोहिटवा क्षेत्र गौचरन बनेको छ । तिलौराकोट दरबार वरपरको क्षेत्रको २० बिगहा जग्गा अधिग्रणको क्रममा छ ।
कपिलवस्तु नगरपालिको गोहिटवा स्थित अशोक स्तम्भ । सो क्षेत्रमा जिल्ला प्रशासन तथा लुम्बिनी विकास कोषले अधिग्रहण प्रक्रिया अघि बढाएको छ ।






























































































































































































