५ कार्तिक २०८३, बुधबार

 

कालिगण्डकीमा बेपत्ता पुनको ९ दिनपछि शव फेला (अपडेड)

प्रहरीले पक्राउ गर्ने क्रममा भागेर कालिगण्डकीमा हाम फालेका युवाको शव ९ दिनपछि फेला परेको छ ।

जेठ २३ गते बेलुका मालढुङ्गाबाट नदीमा हाम फालेका काठेखोला गाउँपालिका–८ का १७ बर्षी सुनिल पुन अहिले सम्म बेपत्ता थिए । ट्याक्सीमा पर्बतबाट बागलुङ तर्फ आउँदै गरेका पुनलाई लागु औषध प्रयोग गरेको आशंकामा प्रहरीले पक्रने प्रयास गरेको थियो ।

बागलुङका प्रहरी प्रमख एसपि चन्द्रकुबेर खापुङले खोजी गर्ने क्रममा पुनको शव नदी किनारमा फेला परेको जानकारी दिए । कालीगण्डकी पुल भन्दा केहि तल नदीले बगाउँदै गरेको अबस्थामा शव देखिएपछि प्रहरीले पछ्याएर छोपेका थिए ।

शब पोष्ट मार्टमको लागि धौलागिरी अञ्चल अस्पताल बागलुङमा राखिएको छ । त्यहाँ मृतक पुनका आफन्त र स्थानियको भिड लागेको छ ।
उनीसँगै ट्याक्सीमा सवार बागलुङका २८ बर्षीय दिपेन्द्र कार्की र ट्याक्सि चालक मकवानपुरका २४ बर्षीय भिमसेन लामालाई लागु औषध सहित प्रहरीले सोहि दिन पक्रेको थियो ।
उनीहरुको मोवाईलको एसएमएसको आधारमा दुई दिनपछि ठुलो मात्रामा लागु औषध सहित भारतीय नागरिक जोतेन्द्र हरिजन पक्राउ परेका

उनीहरु माथि अदालतमा म्याद थपेर लागुऔषध कारोवार सम्बन्धि मुद्धा चलाईएको प्रहरीले जनाएको छ ।
सुनिल पुनका आफन्तले भने प्रहरीले निर्दोषलाई प्रहरीले यातना दिएर नदीमा हाम फाल्न बाध्य बनाएको आरोप लगाउँदै दोषिलाई कारवाहि गर्न र तत्काल बेपत्ताको खोजी गर्न माग गर्दै संघर्ष समिति नै बनाएर दुई दिनसम्म बागलुङ बजार बन्द गरेका थिए ।

प्रहरीले भने पछिल्लो समय बागलुङमा लागु औषध प्रयोग र ओसार पसारका घटना बढेको भन्दै अनुसन्धानको कार्य भईरहेको जनाएको छ ।
जिल्लामा लागु औषध कारोबार गर्ने सञ्जाल नै रहेको हुनसक्ने भएकाले त्यसबारे निरन्तर निगरानी र अनुसन्धान भईरहेको एसपि चन्द्रकुबेर खापुङले जानकारी दिए ।

फोटो–मृतक सुनिल पुन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung