बागलुङको निसिखोला गाँउपालीका स्थित वडा नम्बर–५ मा रहेको प्रर्यटकीय तथा धार्मीक महत्वको ठाउँ हो । प्रसस्त पर्यटकीय सम्भावना रहेपनि विकट ठाउँ भएको र प्रचार प्रसारको अभावमा यो ठाउँ ओझेलमा रहँदै आएको छ । पछिल्लो समय स्थानीयले आफै पैसा उठाएर सडक खनेका छन् । निसेलढोरदेखि ढोरपाटन उपत्यका र त्यहाँ रहको ढोरबहार मन्दिरसम्म सडकको ट्रयाक खोलिएको छ ।

परम्परागत रुपमा मनाईंदै आएका साँस्कृतिक कार्यक्रमसँग युवाहरुको सक्रियतामा अन्य प्रतियोगितात्मक कार्यक्रम समेत हुनथालेपछि मानिसहरुको आवतजवत बाक्लिएको छ । यसले पर्यटकीय गतिविधि पनि विस्तारै बढ्दै गएको स्थानीयले बताएका छन् ।
जिल्ला सदरमुकाम बागलुङ बजारदेखि ३१ कोष टाढा रहेको क्षेत्रमा बर्षातको समयमा मात्रै निसिक्षेत्रका निसेल ढोरमा पुग्ने गर्दछन् ।
उनीहरुले त्यहाँ पशुचौपाया पाल्ने गरेको छन् । पछिल्लो समय स्थानीय युवा तथा बिभिन्न संघसंस्थाले निसेलढोरमै पुगेर कार्यक्रम गर्न थालेपछि मानिसहरु जाने क्रम बढेको स्थानीय जनसेवा युवा क्लबका उपाध्यक्ष हिराबहादुर बिश्वकर्माले बताए ।

पछिल्लो क्लवले परम्परागत गाउँपुजा तथा कापै नाचको समय पारेर साँस्कृतिक तथा प्रतियोगितात्मक कार्यक्रम सहित आफ्नो बार्षिकोत्सव मनाउन सुरु गरेको छ । यस बर्ष पनि क्लवले यो कार्यक्रम ग¥यो । निसीको स्थायीवस्तीदेखि करीब ३० किलोमिटर टाढा समथर भुभाग छ ।
यही नै निसेलढोर हो । उत्तर तर्फ बग्ने नदी, गाँउ तथा नाखा (जमिन पुजा) गरिने स्थल तथा प्रत्यक बर्ष अनिवार्य नाचिने स्थानीयको सँस्कृतिमा आधारीत कापै नाच लगायत यहाँका अन्य थुप्रै प्राकृतिक सम्पदा पर्यटकीय रुपमा महत्वका छन् ।
निसीगाँउका स्थानीयवसी समेत पछिल्लो समय करीव पचास घरका समुदाय रैथाने बस्न थालेसँगै त्यस क्षेत्रका घुम्न जानेको संख्यामा बढेको स्थानीय पत्रकार कुम्बिर बिश्वकर्माले बताए । पछिल्लो समय प्रत्यक बर्ष गाँउपुजा नामक मेला भदौको पहिलो हप्ता गर्न थालिएको छ । यो मेलामा स्थानीय मौलिका साँस्कृति सहित विभिन्न प्रतियोगिता पनि गरिन्छ । यसमा स्थानीय संघसंस्था तथा वासिन्दा सक्रिय रहन्छन् । यो समायमा चार पाँच हजारको संख्यामा मानिस अवलोकन गर्न पुग्ने गरेका छन् ।

बागलुङको पश्चिमी क्षेत्र सँगै प्युठान, रुकुम, रोल्पा, मुगु लगाएका ठाउँबाट पनि मानिस आउने गरेका छन् । प्रर्यटकको आवागमन हुन थालेसँगै होटल समेत सञ्चालनमा रहेका छन् । खानेपानी, विद्युत, सञ्चार, सडक तथा अन्य पुर्वाधार निर्माण हुन सकेको छैन । अनिवार्य आवश्यकताका पुर्वाधारको विकासको अभाबले प्रचुर प्रर्यटकीय सम्भावना बोकेको निसेल ढोर पछाडी परेको स्थानीयले गुनसो गर्छन् । यस्ता कारणले पनि त्यहाँ पुग्ने पर्यटकलाई त्यति सजिलो छैन ।
गत बर्ष निसीवासीले रकम उठाएर गाउँदेखि त्यहाँसम्म सडक खनेका छन् । निसेलढोरदेखि ढोरपाटन बराह मन्दिरसम्म यो सडक जोडिएको छ । सडक
पुगेका कारण बुर्तिबाङदेखि ढोरपाटन हुँदै निसेलढोरसम्म पुग्न सकिन्छ । निसेलढोरबाट निसी पुगेपछि मध्यपहाडी लोकमार्ग जोडिन्छ । यसले गर्दा निसेलढोरबाट मध्यपहाडीहुँदै बुर्तिबाङ र रुकुमतर्फ समेत जानसकिन्छ ।

चैत्र बैसाखदेखि असोज कार्तिक महिनासम्म बर्षातको समायमा अधिककांस निसीवासी आफ्ना पशुचौपाय लिएर निसेलढोर बसाई सर्छन् ।
त्यहाँ प्रसस्त मात्रामा आलु, स्याउ, ज्वातो, फापर, मकै उत्पादन हुने गर्दछ । तर, सहज सडक पहुँच नहुाँदा उत्पादित वस्तु बजारसम्म लैजान नसक्दा किसानहरु आफ्नो उत्पादनलार्य प्रबद्र्धन गर्न सकेका छैनन् ।
पर्याप्त पुर्वाधार विकास गरेर स्थानीय कृषि उत्पादन र पर्यटकीय सम्भावनालाई समेत अगाडी बढाउन सकिए निसेलढोरको विकास सम्भाव छ । यसतर्फ राज्यका निकाय तथा सरोकार भएका पक्षको ध्यान पुग्न जरुरी छ ।



















































































































































































































