३ श्रावण २०८३, आईतवार

 

प्रभु बैंकका ग्राहकले टर्किस एयरलाइन्समा पाउने भए छुट

 प्रभु बैंकका ग्राहकले टर्किस एयरलाइन्समार्फत यात्रा गर्दा टिकटमा विशेष सहुलियत पाउने भएका छन्।बैंक र एयरलाइन्सबीच भएको सम्झौंता अनुसार बैंकका क्रेडिट कार्ड होल्डर,वेल्थ कस्टमर,प्रिभिलेज कस्टमरले टर्किस एयरलाइन्सबाट विश्वको कुनैपनि मुलुकमा हवार्इ यात्रा गर्दा हवार्इ टिकटमा विशेष सहुलियत पाउने छन्।
यो वाहेक थप लगेजको सुविधा पनि पाउने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।यो सुविधा लिन भने बैंकको क्रेडिट कार्ड,वेल्थ कार्ड र प्रिभिलेज कार्डबाट टिकट काट्नुपर्ने बैंकले जनाएको छ।

 

 

साभार: विकास निमार्ण

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung